कृषि उपज बजारिकरणको जिम्मा नगरपालिकाले लिने



किसानले उत्पादन गरेका सबै कृषिजन्य वस्तु बिक्री गर्ने जिम्मा नगरपालिकाले लिने भएको छ ।

फलेवास नगरपालिकाले किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउन सबै कृषिजन्य वस्तु बिक्रीको जिम्मा लिने भएको हो ।

“किसानले बिक्री गर्न नसकेको अन्नबाली, तरकारी, दूध, अण्डालगायत वस्तु नगरपालिकाले किनिदिन्छ” फलेवास नगरपालिकाका नगर प्रमुख पदमपाणि शर्माले भन्नुभयो, “अब वस्तु बिक्रीको समस्या हुन्न ।”

चालु आवमा फलेवास नगरपालिकाले रु दुई करोड ५० लाख बराबरको किसानलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरेको छ । फलेवास नगरपालिकाको शंकरपोखरी, देवीस्थान, कुर्घा, पाङराङ र कार्कीनेटा तरकारी उत्पादनको पकेट क्षेत्र हो । शंकरपोखरी, कुर्घा, लिमिठाना र कार्कीनेटामा दूध उत्पादन पर्याप्त मात्रामा हुन्छ ।

प्रतिक्रिया दिनुहोस
रासायनिक मलको अभाव हुँदैन : कृषिमन्त्री साह

    कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले चालू आर्थिक वर्ष र आगामी

भुक्तानी नगरेको भन्दै दुग्ध किसानहरु धर्नामा

    दुग्ध विकास संस्थान (डीडीसी)ले रकम भुक्तानी नगरेको भन्दै आन्दोलनरत दुग्ध किसानहरु

दूधको बक्यौता भुक्तानी माग्दै विरोधमा उत्रिए किसान

    दूधको बक्यौता भुक्तानी माग गर्दै दुग्ध किसानहरूले विरोध प्रदर्शन गरकेा छन्

अरुण तेस्रो जलविद्युतको सुरुङ मार्ग छिचोलियो

    संखुवासभामा बनिरहेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको मुख्य