एमाले र माओबादीमा लफडा,बजेटमा एकलौटी गरे देखाईदिन्छु भन्दै प्रचण्ड रन्किए,प्रचण्ड फकाऊदै ओली



हाम्रो इकोनोमि

सत्ता साझेदार नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताबिच आउँदो आर्थिक वर्षको बजेटमा समान धारणा बनाउनका लागि छलफलमा जुटेका छन् ।

माओवादी केन्द्रका नेताले संसदीय दलको बैठकमा एमालेले एकलौटी रुपमा बजेट ल्याउन लागेको भन्दै पार्टी नेतृत्वसँग त्यस्तो अवस्था आउन नदिन आग्रह गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटको सिद्धान्त तथा प्राथमिकता बुधबारको संसद बैठकमा पेश गर्ने तयारी गरेका बेला सत्ताको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीसँग छलफल गर्नु भएको छ ।

बजेटमा देखिएको मतभेद मिलाउने प्रयास स्वरुप प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष प्रचण्डबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

एमालेले एकलौटी गरेका र त्यो स्वीकार्य नहुने भन्दै आफूहरुले कुरा मिलाउन अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको माओवादी नेता अग्नी सापकोटाले बताए ।

बजेटमा आउने कार्यक्रम तथा प्राथमिकताहरु समानताको आधारमा हुनु पर्ने आफूहरुको माग रहेको नेता सापकोटाको भनाई छ । बजेटलाई एमाले र माओवादीको सहमतिमा ल्याउनु पर्नेमा आफूहरुको जोड रहेको उनले बताए ।

ओली र प्रचण्डबिच जारी वार्तामा बजेटसँगै सरकार सञ्चालनमा पनि समानताको सिद्धान्त लागु हुनुपर्ने बारे छलफल भइरहेको बुझिएको छ । यसै गरी रोकिएको एमाले–माओवादी एकता प्रक्रियाका बारेमा पनि कुरा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...