अर्थमन्त्रीले बोल्दैमा शेयर घट्ने भन्ने हुदैन भन्दै खतिवडाले भने-भेँडो मानसिकताका कारण सेयर बजारमा आतंक



हाम्रो इकोनोमि

अर्थमन्त्री युवराज खतिवडाले भेँडो मानसिकताले सेयरबजारमा उतारचढाव आउने बताएका छन् । ‘सेयरको मूल्य तोक्ने काम सरकारको होइन’, खतिवडाले भने, ‘जोखिम बहन गर्न सक्ने क्षमता अनुसार लगानी गर्नुहोस्, सरकार पुँजी बजारको विकास र बिस्तारका लागि प्रतिबद्ध छ ।’

‘देशभरि सेयर कारोबार गर्न सकिने वातावरण बनाउने हाम्रो योजना छ’, उनले भने, ‘धेरै नेपाली सेयरका मालिक हुन् भन्ने हाम्रो चाहाना छ । अब सेयर बजारमा बास्ताविक क्षेत्रका ठूला कम्पनी आउनु पर्छ, त्यसका लागि हामी निजी क्षेत्रका कम्पनीलाई उत्प्रेरित, सहज र बाध्य पनि पार्नेछौं ।’

१ करोड पुँजी भएका लघुवित्त विकास बैंक पुँजीबजारमा आउने तर अर्बौं नाफा कमाउने निजी क्षेत्रका कम्पनी पुँजी बजार नहुने अवस्था अब नरहने डा. खतिवडाले बताए ।

अर्थमन्त्रीले यस्तो भन्यो, त्यस्तो भने भनेर सेयर बजारलाई प्रभावित पार्ने समूह भएको भन्दै खतिवडाले जोखिम लिन सक्ने क्षमता अनुसार सेयरमा लगानि गर्न आग्रह गरे ।

‘तपाईंले कमाएको सरकारलाई दिनु पनि पर्दैन, तपाईलाई हुने घाटाको ग्यारेन्टी सरकारले गर्न सक्दैन’ उनले भने । नेपाल धितोपत्र बोर्डले आयोजना गरेको प्रथम पुँजीबजार प्रदर्शनीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले लगानीका नयाँ विकल्प उपलब्ध गराउने सम्बन्धमा सरकारले काम गरिरहेको बताए ।

बुधबार भृकुटीमण्डपमा सुरु भएको प्रदर्शनी बिहीबारसम्म चल्ने छ । प्रदर्शनीमा पुँजी बजारसँग सम्बन्धित सेयर ब्रोकर, मर्चेन्ट बैंकर, नेपाल स्टक एक्सचेञ्ज लगायतको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...