झलनाथ खनालको प्रतिष्ठानलाई ओली सरकारले दियो तीन करोड ८५ लाख,गगनले रोकेको पैसा यसरी भयो फुकुवा



हाम्रो इकोनोमि

सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादन गर्ने क्षमता नभएकोे भन्दै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (जेएन फाउन्डेसन)लाई रोक्का गरेको रकम निकासा गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित जेएन फाउन्डेसनलाई सरकारले केही दिनअघि ८५ लाख रुपैयाँ निकासा गरेको हो ।

फाउन्डेसनका सचिव अच्युत खनालले अघिल्लो सरकारले रोकेका दुई करोडमध्ये ८५ लाख रुपैयाँ केही दिनअघि निकासा भएको बताए । फाउन्डेसनले यसअघि स्वास्थ्य मन्त्रालयबाट एक करोड रुपैयाँ लगेको थियो ।

केपी ओली नेतृत्वकै अघिल्लो सरकारले फाउन्डेसनलाई दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री थापाले सो रकम रोक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...