झलनाथ खनालको प्रतिष्ठानलाई ओली सरकारले दियो तीन करोड ८५ लाख,गगनले रोकेको पैसा यसरी भयो फुकुवा



हाम्रो इकोनोमि

सर्पदंशको औषधि (एन्टी स्नेक भेनम) उत्पादन गर्ने क्षमता नभएकोे भन्दै तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (जेएन फाउन्डेसन)लाई रोक्का गरेको रकम निकासा गरिएको छ ।

पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको नाममा स्थापित जेएन फाउन्डेसनलाई सरकारले केही दिनअघि ८५ लाख रुपैयाँ निकासा गरेको हो ।

फाउन्डेसनका सचिव अच्युत खनालले अघिल्लो सरकारले रोकेका दुई करोडमध्ये ८५ लाख रुपैयाँ केही दिनअघि निकासा भएको बताए । फाउन्डेसनले यसअघि स्वास्थ्य मन्त्रालयबाट एक करोड रुपैयाँ लगेको थियो ।

केपी ओली नेतृत्वकै अघिल्लो सरकारले फाउन्डेसनलाई दुई करोड रुपैयाँ विनियोजन गरेको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका स्वास्थ्यमन्त्री थापाले सो रकम रोक्का गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...