मोदीका कारण शुक्रबार र शनिबार काठमाडौं यसरी बन्दैछ अस्तव्यस्त,यी ठाउँमा यातायात पुरै अबरुद्द हुने



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार दुईदिने नेपाल भ्रमणमा आउँदैछन्। उनको भ्रमणका क्रममा सर्वसाधारणले सडकमा समेत सास्ती भोग्नुपर्ने भएको छ।

मोदीको भ्रमणको बेला उनको रुट करिब एक घन्टा खाली गराउन लागिएकाले ती रुटमा चल्ने सवारीसाधन पूर्ण रुपमा प्रभावित हुनेछन्।

शुक्रबार बिहानै जनकपुर दर्शन गरी मोदी काठमाडौं आउनेछन्। उनी बौद्धस्थित हायात होटलमा बस्ने भएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट होटलसम्म पुग्दा करिब एक घन्टा बाटो खाली गराउने सुरक्षा योजना बनेको छ।

त्यस्तै, भोलिपल्ट बिहानै उनी मुक्तिनाथ दर्शनका लागि विमानस्थलबाट हेलिकप्टरमार्फत मुस्ताङ जाने कार्यक्रम छ। त्यो अवधिमा पनि सडक खाली हुनेछ। मुक्तिनाथबाट फर्किएपछि राष्ट्रिय सभागृहमा उनको नागरिक अभिनन्दन र सम्बोधन कार्यक्रम छ। त्यस अवधिमा भृकुटीमण्डपको सडक मात्र नभई रत्नपार्कबाट भद्रकालीतर्फको सडक पनि खाली गराउने तयारी छ।

शनिबार नै उनलाई टुंँडिखेलमा गार्ड अफ अनर दिने कार्यक्रम छ। त्यो अवधिमा पनि टुँडिखेल आसपास सडक खाली गराइने ट्राफिक प्रहरीको तयारी छ।

मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम अनुसार उनी शीतलनिवास जानेछन्। त्यस अवधिमा सर्वसाधारणले थप सास्ती भोग्नेछन्। उनको राजनीतिक भेटघाट द्वारिकाज होटलमा हुनेछ। सो अवधिमा होटलको सडकखण्ड बन्द गर्न लागिएको छ।

स्वदेश फर्कने क्रममा पनि विमानस्थलसम्मको बाटो करिब एक घन्टा खाली गराइँदा काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्नेछ। उनले शनिबार नै पशुपतिनाथ मन्दिरको दर्शनको सम्भावना रहेको बताइए पनि तय भइसकेको छैन।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका निमित्त प्रमुख एसएसपी उमेश रञ्जितकारका अनुसार राजकीय भ्रमण भएकाले मापदण्डअनुसार सडक खाली गराउनुपर्ने हुन्छ। सकेसम्म सर्वसाधारणलाई कम मर्का पर्ने गरी आफूहरुले योजना बनाउने उनी बताउँछन्। बन्द हुने सडकको रुटबारे पहिले नै सर्वसाधारणलाई जानकारी दिने ट्राफिकको तयारी छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...