श्रीमति अर्कै सँग सल्केको भन्दै मध्यराति श्रीमतीको घाँटीमा रडले छेडेर हत्या गर्ने श्रीमान कोचिए खोरमा



हाम्रो इकोनोमि

आफ्नै श्रीमतिको हत्या गरेको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । महानगरिय प्रहरी अपराध महासाखाले बर्दिया गोला गाविस २ घर भएका दर्न बहादुर क्षेत्रीलाई राजधानी काठमाडौंबाट पक्राउ गरेको हो ।

क्षेत्रीले आफ्नी श्रीमती रेशमकला रोकायलाई रडले प्रहार गरी हत्या गरेका थिए । प्रहरी अनुसन्धानमा थाहा भए अनुसार उनले आफ्नी श्रीमती अर्को पुरुषसँग लागेको भन्दै मध्यरातमा श्रीमतीलाई सुतिरहेको बेला रड प्रहार गरी हत्या गरेका थिए ।

प्रहरीका अनुसार मृतक रोकाय र क्षेत्रीविच ११ वर्षअघि प्रेम विवाह भएको थियो । गत वैशाख १५ गते उनले मध्यरातको ३ बजे सुतिरहेकी आफ्नी श्रीमतीमाथि रड प्रहार गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्या गरेपछि उनी फरार रहेका थिए । उनलाई महासाखाको टोलीले आज पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...