सगरमाथाको फेदीमा श्रीएयरको हेलीकप्टर दुर्घटना,यस्तो छ घटनाको पछिल्लो अपडेट



हाम्रो इकोनोमि

सोलुखुम्बुमा श्रीएयरको हेलीकप्टर दुर्घटना भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकामा पर्ने स्याङबोचे विमानस्थलमा अवतरणका क्रममा श्रीएयरको हेलीकोप्टर दुर्घटनामा परेको हो।

सामान्य दुर्घटनामा परेको उक्त हेलीकप्टर बुधबाुर विहान सोलुखुम्बुकै फाप्लु विमानस्थलबाट कार्गाे लिएर स्याङबोचे गएको थियो। कार्गो सामान बोकेर गएको नाइन एन ए एच टी कल साइन भएको उक्त हेलीकप्टर धावनमार्गमा भासिएको थियो।

हेलीकप्टरको अगाडिको पांग्रा भाँच्चिएको छ । हेलीकप्टर अड्याउन काठले टेको दिइएको प्रत्यक्षदर्शी दीप राईले जानकारी दिए।

दुर्घटनाबाट मानवीय क्षति भने नभएको जनाइएको छ । हिमपात भएपछि धुले धावनमार्गको माटो गलेकोले अवतरण गर्दा भासिएको हुन सक्ने बताइएको छ।

यता जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले सामान्य क्षति भएको जनाएको छ । प्रहरी नायब निरीक्षक प्रधुम्न अधिकारीले दुर्घटनाबारे बुझिरहेको बताए।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...