मन्त्रीलाई २ करोड बुझाएर जोगिएकी कामिनीलाई २ अर्बको काण्ड लाग्दै,कामिनीको विकल्पमा को अगाडी?



नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदबाट हटाउने प्रक्रिया सुरु भएको छ । कामिनीलाई हटाउनका लागि अहिले भित्र भित्रै वोर्ड बैठक बसिरहेको छ । उनको अनुपस्थितीमा दुई वटा बैठक बसिसकेको छ । यस्तै केही दिन अगाडिमात्र सञ्चार मन्त्रालयमा वोर्ड बैठक राखिएको थियो जहाँ कामिनीको उपस्थिती थिएन् ।
पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बस्नेतले आफ्नै कार्यकालमा उनलाई हटाउने प्रक्रिया अगाडि बढाएका थिए । उनको ठाँउमा जनक शिक्षा सामाग्री केन्द्र डुबाउने अनिल झालाई प्रवन्ध निर्देशक बनाएर ल्याउने प्रक्रिया समेत अगाडि बढेको थियो । तर निर्वाचनताको मुखमा जनताले कर तिरेको पैसा नेपाल टेलिकमबाट दुई करोड रुपैया दिएर आफ्नो पद जोगाएकी थिईन ।

कामिनीमाथि विभिन्न दश वटा अरोपहरु लगाउदै हटाउने प्रक्रिया अगाडि बढेको नेपाल टेलिकम स्रोतले जनाएको छ । टेलिकमलाई धरायसी पारेको र एनसेललाई मोटाउन मुख्य भुमिका खेलेको अरोप सहित उनलाई पदबाट हटाउने तयारी भइरहेको नेपाल टेलिकम स्रोतले जनाएको छ । स्रोतका अनुसार कामिनीलाई जानकारी समेत नदिई नेपाल टेलिकम संचालक समितिको बैठक राखेर उनको विकल्प खोजिएको हो । बैठक संचार तथा सूचना प्रविधि मन्त्रालयमा राखिएको थियो ।
राजभण्डारीको कार्यसम्पादन क्षमता कमजोर भएकाले टेलिकमले अपेक्षित प्रगति गर्न नसकेको निष्कर्ष निकालेको छ । र, उनको विकल्प खोज्नुपर्ने सुझाव दिएको बताइएको छ । उक्त बैठक सञ्चार सचिव तथा नेपाल टेलिकम संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङको अध्यक्षतामा बसेको थियो ।
एनसेल भन्दा १ बर्षअघि फोरजीको अनुमति पाए पनि अहिलेसम्म काठमाडौं र पोखराबाहेक अन्यत्र सेवा विस्तार गर्न नसकेको आरोप पनि कामिनीमाथि लाग्दैआएको छ । एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । तर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले फोरजीको टेण्डर नै टुंगो लगाउन सकेकी छैनन् ।
एकातिर कामिनी विरुद्ध संचार मन्त्रालयमा बोर्ड बैठक बसेर उनको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेको छ भने अर्काेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनका विरुद्ध परेको ठोस उजुरीउपर पनि छानबिन सुरु गरिरहेको छ । उनको कार्यसम्पादन क्षमता कमजोर भएको बोर्डको निष्कर्षपछि अख्तियार पनि उनका विरुद्ध परेका उजुरी गम्भीर ढगले छानबिनमा लागेको छ ।
सञ्चालक समितिले स्पष्टिकरण सोधेर कारबाही गर्ने तयारी गरेको बुझेपछि प्रबन्ध निर्देशक कामिनी राजभण्डारी भने अहिले बिदामा बसेकी छिन् ।
केही दिन अघि सार्वजनिक बिदा भयो कि टेलिकमको सेवा धरमर हुनुको कारण के हो ? भन्ने प्रश्न प्रधानमन्त्री केपी ओलीले टेलिकमका पदाधिकारीलाई सोधेका थिए । उनले टेलिकमको चक्का फेर्दा हुन्छ कि इञ्जिन नै फेरिदिँउ ? भन्दै टेलिकम पदाधिकारीहरुलाई सेवा सुधार गर्न चेतावनी दिएका थिए ।
अहिले सञ्चारमन्त्रालय आफैं कामिनीको विकल्प खोज्ने गरी अगाडि बढेको छ । टेलिकम स्रोत भन्छ्, ‘प्रबन्ध निर्देशकज्यूले टेलिकम त डुबाउनै खोज्नु भएको जस्तो देखिन्थ्यो । अब आउने नेतृत्व राम्रो आए हुने ।’ यता केही महिनाअघि मात्रै उपभोक्ता हित सम्बन्धि अधिकार उठाउँदैआएको समूह नागरिक अधिकार अभियानले पनि ज्ञापनपत्र बुझाएको थियो । उक्त अभियानका अभियन्ताहरुले टेलिकमको कार्यालयमै पुगेर उच्च अधिकारीहरुसमक्ष गुनासो गरेका थिए ।
एक बर्षपछि फोरजीको अनुमति पाएको एनसेलले २१ जिल्लामा फोरजी सेवा विस्तार गरिसकेको छ भने २९ जिल्लामा छिट्टै फोरजी सेवा पु¥याउन लागेको छ । टेलिकमका उच्च अधिकारीहरु नै एनसेलसँगै मिलेर फोर जी सेवा विस्तारमा ढिलाइ गर्दैआएको गुनासो समेत पछिल्लो समय उठ्न थालेको छ । यसबाहेक टेलिकमले ग्रामीण दूरसंचार कोषको ४ अर्ब ८८ करोडको अप्टिकल फाइवर बिछ्याउने ठेक्का लिए पनि काम अगाडि बढाउन सकेको छैन । अप्टिकल फाइबरको ठेक्का पनि विवादित बन्दैआएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्