पार्टी एकता नगर्ने निचोडमा पुगेका प्रचण्डले एकाबिहानै चीनियाँ टोलीलाई यसरी उत्तेजित बनाए



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले आफूहरुले सम्पूर्ण शक्ति देशको आर्थिक विकासमा लगाएको बताएका छन् । बुधवार बिहान खुलटारमा चीनको राजधानी बेइजिङका उपाध्यक्ष लिजियाङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग भेट गर्दै अध्यक्षले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भने ‘ हाम्रो मुख्य ध्येय पर्यटन क्षेत्रको विकास गर्ने भन्ने हो । त्यसका लागि ‘कनेक्टिभिटि’ नै मुख्य हो । सडकको ‘कनेक्टिभिटि’, रेलको ‘कनेक्टिभिटि’ र संचारको ‘कनेक्टिभिटि’ बाट मात्र पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ ।’

उहाँले पर्यटन क्षेत्रको विकासका लागि चीनियाँ जनता र सरकारको चासो बारे प्रधानमन्त्री र सम्बन्धित मन्त्रीसँग छलफल गर्ने विश्वास दिलाए । उनले भने ‘ हाम्रो आर्थिक विकासको अभियानमा तपाई चिनियाँ लागनीकर्ताहरुलाई हार्दिक स्वागत छ ।’

उनले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमण हुँदा तत्कालिन राष्ट्रपति हु जिन्ताओसँग यही कनेक्टिभिटिका बिषयमा छलफल भएको स्मरण गर्दै भन्नुभयो, ‘म दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि यही बिषयमा राष्ट्रपति सि जिङपिङसँग छलफल गरेको छु ।’

त्यसैगरी चिनियाँ प्रतिनिधि मण्डलले अध्यक्ष प्रचण्डलाई नेपालको व्यवहारिक नेतृत्व भन्दै उच्च प्रशंसा गरेको थियो । उनीहरुले चिनियाँ जनताहरुको आकर्षक गन्तव्य नेपाल भएकोले नेपालको पर्यटन प्रवद्र्धनमा चिनियाँ लगानीकर्ता लोभिएको बताएका थिए । दुई देशको आपसी सम्बन्धबाट नेपालको आर्थिक विकासमा सहयोग पुग्ने प्रतिनिधि मण्डलको नेतृत्व गरेर आएका उपाध्यक्ष लिजियाङले बताए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...