भारत जान नेपालीलाई भिसा, नेपाल र भुटानी नागरिकमाथि कडाइ



हाम्रो इकोनोमि

भारत जान नेपालीले प्रवेशाज्ञा (भिसा) लिइराख्नु पर्दैन । त्यसतर्फ जान इच्छुक नेपाली विना रोकटोक जान सक्छ । नयाँ पत्रिका दैनिकमा प्रकाशित खबर अनुसार भारतमा अब नेपालीलाई भिसा आवश्यक पर्ने भएको छ ।

‘भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपाली नागरिकलाई भिसा अनिवार्य गरेको छ’ नयाँ पत्रिकाले लेखेको छ, ‘राजनीतिक तहमा सम्बन्ध सुधार हुँदै गएको ठानिएका बेला भारतले अनपेक्षित व्यवहार गरेको छ ।’

तेस्रो देशबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनु नपर्ने भए पनि भारतले पछिल्लो समय नेपाल र भुटानी नागरिकमाथि कडाइ गर्न थालेको छ ।

नयाँ पत्रिकाका अनुसार चीन र पाकिस्तानबाट हवाई माग भएर भारत वा भारत हुँदै स्वदेश फर्किंदा यसअघि पनि नेपाली र भुटानी नागरिकले भारतीय भिसाा दिनुपर्ने व्यवस्था गरेको थियो । तर यस वर्षदेखि माल्दिभ्स, हङकङ र मकाउ थपिएको छ ।

१७ सय नक्कली प्रमाणपत्र छानबिनमा

अन्नपूर्ण पोस्ट दैनिकले आज सरकारी निकायमा पेश गरिएका १७ सय नक्कली प्रमाणपत्रमाथि छानबिन शुरु भएको समाचार छापेको छ ।

अन्नपूर्णका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धानले यतिबेला १७ सय कर्मचारीहरुको प्रमाणपत्र छानबिन गरिरहेको छ । बढी नक्कली प्रमाणपत्रधारी कर्मचारी संवेदनशील क्षेत्र शिक्षा र सुरक्षामा छ ।
बढी नक्कली शैक्षिक प्रमाणपत्र बिहार संस्कृत शिक्षा बोर्ड, माध्यमिक शिक्षा परिषद् उत्तरप्रदेश, एजुकेशनल काउन्सिल पटनालगायतको छ ।

मन्त्रिपरिषदको निर्णयविपरीत हेलिकोप्टर किन्दै सेना

आफैंले आह्वान गरेको बोलपत्र र निर्धारण गरेको स्पेसिफिकेशनभन्दा बाहिर गई खरिद हेलिकोपटरको प्री–डेलिभर इन्पेक्सनका लागि सेनाको एक टोली जेठ पहिलो साता पेरिस जान लागेको छ ।

नागरिक दैनिकका अनुसार फ्रान्समा बनेको इक्वेटर हेलिकप्टरको प्री डेलिभरी इन्सपेक्सनका लागि पाइलट र इन्जिनियरसहितको टोली जेठ १ गते पेरिस जान लागेका हुन् ।मन्त्रिपरिषद्बाट भएको निर्णयविपरीत सेनाले फरक स्पेशसिफिकेसनको हेलिकोप्टर खरिद प्रक्रियामा महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा समेत प्रश्नचिह्न उठाइएको छ ।

जेलभित्रै धर्म प्रचार, कैदीको डाक्टर पास्टर !

६ वर्षअघि वीरेन्द्रनगर १ स्थित अनुग्रह चर्चका केही विश्वासी सहयोगको हात फैलाउँदै जिल्ला कारागार पुगे । कैदी–बन्दीका लागि खाद्यान्न सहयोग गर्ने भन्दै पुगेका उनीहरु ६ वर्षयता कारागारलाई धर्म प्रचारको केन्द्र बनाउँदै आएको नागरिक दैनिकमा खबर छ । शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका सहयोग प्रदान गर्ने नाममा कारागारभित्रैबाट उनीहरुले सयौं अनुयायी जन्माएको समाचारमा उल्लेख छ ।कतिसम्म भने कारागार प्रशासनले बिरामी कैदी बन्दीलाई अस्पताल पुर्याएर उपचार गराउनुको सट्टा पास्टरलाई बोलाएर प्रार्थना गर्न लगाउने गरेको छ ।

समाचार अनुसार कारागार प्रशासनले पुस्तकालय, सीपमूलक तालिम, खाद्यान्न सहयोग, भौतिक संरचना निर्माणलगायतका नाममा काठमाडौंदेखि पोखरासम्मका चर्चका पास्तर र अनुयायीलाई कारागारभित्र निर्वाध प्रवेश दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
नुवाकोटमा मात्रै झण्डै १ हजार ५०० परिवार विस्थापित

     भोटेकोशीमा आएको विनाशकारी बाढीले नुवाकोटमा ठूलो भौतिक क्षति पुर्‍याएको छ ।...

बाढीपछि रसुवा भन्सारका १५ कर्मचारी बेपत्ता (नामावली सहित)

  भोटेकोशी बाढीका कारण रसुवा भन्सार कार्यालयका १५ कर्मचारी बेपत्ता भएका छन् ।...

धादिङ एकै ठाउँका २७ तीर्थयात्री बेपत्ता

  रसुवाको गोसाइँकुण्ड तीर्थयात्रामा निस्किएका धादिङका एकै क्षेत्रका २७ जना तीर्थयात्री र बस...

भोटेकोशी बाढीले हालसम्म १६५ को मृत्यु, ८२६ जना सम्पर्कविहीन

    भदौ १० गते तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको...