टेलिकमलाई २६ अर्व घाटा लगाउने कामिनीलाई ठिक पार्ने यस्तो घुएत्रो तयार,कामिनीको धन्धा सुनेर ओली भए फायर



हाम्रो इकोनोमि

सोमबार बेलुका बसेका मन्त्रिपरिषद्को बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको थियो । जस्मा १८ जना सह सचिवहरुको सरुवा देखि  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी शुक्रबारदेखि हुन लागेको नेपाल भ्रमणको कार्यक्रम स्वीकृत, वैदेशिक रोजगार मागपत्र निर्देशिका २०७५ स्वीकृत र कारागार सम्बन्धी प्रचलित कानुन संशोधन र एकीकृत गर्नका लागि समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तैमध्यको एक निर्णय थियो  नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गर्ने । सो प्रक्रिया सार्वजानिक नगरिए पनि अगाडि बढिसकेको छ । कामिनीसँग  व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागिरहेको छ । नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ ।  अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ ।

तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म भए पनि काम गर्ने नसकेको र अनियमितता गरेको आरोप लगाउदै हटाउने तयारी भइरहेको हो । उनलाई सातदिनभित्र स्पष्टीकरण पेश  गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...