टेलिकमलाई २६ अर्व घाटा लगाउने कामिनीलाई ठिक पार्ने यस्तो घुएत्रो तयार,कामिनीको धन्धा सुनेर ओली भए फायर



हाम्रो इकोनोमि

सोमबार बेलुका बसेका मन्त्रिपरिषद्को बैठकले पाँचवटा महत्वपूर्ण निर्णय गरेको थियो । जस्मा १८ जना सह सचिवहरुको सरुवा देखि  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगामी शुक्रबारदेखि हुन लागेको नेपाल भ्रमणको कार्यक्रम स्वीकृत, वैदेशिक रोजगार मागपत्र निर्देशिका २०७५ स्वीकृत र कारागार सम्बन्धी प्रचलित कानुन संशोधन र एकीकृत गर्नका लागि समेत बैठकले सैद्धान्तिक स्वीकृति दिएको छ । यस्तैमध्यको एक निर्णय थियो  नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीराज भण्डारीलाई बर्खास्त गर्ने । सो प्रक्रिया सार्वजानिक नगरिए पनि अगाडि बढिसकेको छ । कामिनीसँग  व्यवस्थापकीय काम गर्न नसकेको र संस्था निरन्तर ओरालो लागेको भन्दै स्पष्टीकरण सोध्न सूचना तथा सञ्चार मन्त्रालयलाई स्वीकृति दिएको हो ।

टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किँदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओह्रालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न वर्तमान नेतृत्व असक्षम भएको आरोप लागिरहेको छ । नेपाल टेलिकमको नेतृत्वमाथि युटीएल र सिजी कम्पनीबाट १० अर्ब भन्दा बढी रकम उठाउन नसकेको आरोपसमेत लागेको छ ।  अप्टिकल फाइबर बिछ्याउने काममा कुनै प्रगति नभएको, टावर लगायत पूर्वाधारको काम हुन नसकेको लगायतका आरोप राजभण्डारीमाथि लागेको छ ।

तत्कालीन सञ्चारमन्त्री राम कार्कीका पालामा ०७३ मा नियुक्ति पाएकी कामिनीको पदावधि ०७६ सम्म भए पनि काम गर्ने नसकेको र अनियमितता गरेको आरोप लगाउदै हटाउने तयारी भइरहेको हो । उनलाई सातदिनभित्र स्पष्टीकरण पेश  गर्ने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...