अमेरिकालाई सबक सिकाउने रणनीति बनाउन फेरि सुटुक्क चीन पुगे किम जोङ उन,सी-किम शिखरवार्ता



हाम्रो इकोनोमि

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले चीनको उत्तरपूर्वी सहर दालियान पुगेर राष्ट्रपति सी जिनपिङलाई भेटेको चिनियाँ सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन्।
मे ७ र ८ तारिखमा सी–किम शिखरवार्ता भएको सिन्ह्वाले जनाएको छ।

मार्च महिनाको अन्तिममा पनि किम जोङ उन रेल चढेर पत्नीसहित बेइजिङ पुगेका थिए। सो बेला पनि उनको भ्रमण समाप्त भइसकेपछि मात्रै यसको समाचार बाहिर आएको थियो।

सीले किमको स्वागतमा भोज आयोजना गरेका थिए। दुई नेताबीच ‘मित्रवत् र सौहार्द्रपूर्ण वातावरणमा’ कुराकानी भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखरवार्ताअघि किमले चिनियाँ राष्ट्रपतिसँग भेट गरेका हुन्। यसअघि अप्रिल २७ मा किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच शिखरवार्ता भएको थियो।

उत्तर कोरियाका लागि आणविक हतियार अत्यावश्यक कुरा नभएको पनि किमले दालियानमा बताएका छन्। उनले सम्बन्धित सबै पक्षले उत्तर कोरियाप्रतिको शत्रुतापूर्ण नीति त्यागेर सुरक्षा खतरा उत्पन्न नगरे आणविक निशस्त्रीकरण सम्भव रहेको बताएको पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।
किमसहित उत्तर कोरियाका उच्चअधिकारीहरु चढेको विमान लायोनिङ प्रान्तको दालियानमा अवतरण गरेको जनाइएको छ।

यसैसाता चिनियाँ विदेशमन्त्री वाङ यीले उत्तर कोरिया भ्रमण गरेका थिए।

सी–किम भेटलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीसँग टेलिफोन वार्ता गर्ने बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...