मोदीको स्वागतका लागी २ नम्बर प्रदेशमा राणा शासन,स्वागतमा घर घरमा कलश राख्न उर्दी



हाम्रो इकोनोमि

प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा घर घरमा कलश राख्न सर्वसाधारणलाई अपील गरेको छ । २८ गते जनकपुर आउन लागेका मोदीको स्वागतको लागि घरघरमा कलश राख्न प्रदेश २ को सरकारले अपील गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरी मोदीको स्वागतका लागि आफ्नो घर अगाडि सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको पूजाको कलश राख्न नगरबासीलाई अपील गरेका हुन् ।

मोदीको स्वागतमा प्रदेश २ मा सार्वजनिक विदा समेत दिईएको छ । मोदीलाई वाह्रविघा नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनमा १ लाख मानिस उतार्ने तयारी प्रदेश सरकारको छ । विहान १० बजेसम्म कार्यक्रम स्थल बाह्रबिघामा आइसक्न सबैमा अपील गरिएको छ । नागरिक अभिनन्दन हुने स्थलमा कुनै प्रवेश शुल्क नलाग्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...

नबिल बैंक र त्रिभुवन विश्वविद्यालयबीच ‘नबिल एसएसई’ सम्झौता

    नबिल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायबीच ‘नबिल एसएसई’ कार्यक्रम...