मोदीको स्वागतका लागी २ नम्बर प्रदेशमा राणा शासन,स्वागतमा घर घरमा कलश राख्न उर्दी



हाम्रो इकोनोमि

प्रदेश २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा घर घरमा कलश राख्न सर्वसाधारणलाई अपील गरेको छ । २८ गते जनकपुर आउन लागेका मोदीको स्वागतको लागि घरघरमा कलश राख्न प्रदेश २ को सरकारले अपील गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउत र जनकपुर उपमहानरपालिकाका मेयर लालकिशोर साहले संयुक्त पत्रकार सम्मेलन गरी मोदीको स्वागतका लागि आफ्नो घर अगाडि सरसफाइ गर्न र फूलमालाले सजाएर पानी भरिएको पूजाको कलश राख्न नगरबासीलाई अपील गरेका हुन् ।

मोदीको स्वागतमा प्रदेश २ मा सार्वजनिक विदा समेत दिईएको छ । मोदीलाई वाह्रविघा नागरिक अभिनन्दन गरिनेछ । नागरिक अभिनन्दनमा १ लाख मानिस उतार्ने तयारी प्रदेश सरकारको छ । विहान १० बजेसम्म कार्यक्रम स्थल बाह्रबिघामा आइसक्न सबैमा अपील गरिएको छ । नागरिक अभिनन्दन हुने स्थलमा कुनै प्रवेश शुल्क नलाग्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...