कलवाइपास गर्ने यी दुई भाईलाई ‘सिआइबी’ ले यसरी हाल्यो खोरमा



हाम्रो इकोनोमि

केन्द्रीय अनुसन्धान ब्यूरो  ‘सिआइबी’ ले अवैध कलवाइपास गर्ने दुई जनालाई सार्वजनिक गरेको छ । सिआइबीले भारत ,मध्ये प्रदेशका २४ बर्षीय विवेक शुक्ला र  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं ६ का २५ बर्षीय लाल बहादुर मगरातीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

शुक्ला र मगरातीलाई काठमाडौं महानगरपालिका वडा नं ९ स्थित गेज होटलको कोठा नं ३०४ र काठमाडौ जिल्लाको  कागेश्वरी मनहरा वडा नं ७  शान्तीदीप टोल स्थित भोलाराज गौतमको घरमा अवैध भिओआइपी संचालन गर्न प्रयोग हुने उपकरणहरु सहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको हो । दुवैलाई सिआइबीले काठमाडौं  जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी  दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

सिआइबीले उनिहरुबाट ३२  पोर्टको  भिओआइपी गेटवे एक थान, कालो डिनस्टार  लेखिएको १६ पोर्टको भिओआइपी गेटवे एक थान,  निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, ऐ को चार्जर  एक थान, पिलोन कनेक्टर एक थान, टिपिलिङ को राउटर दुई थान ,  टिपिलिङ को सानो राउटर  एक थान, एयरटेल फोरजी इन्टरनेट मोडेम एक थान, भिआइभिओ मोवाइलसेट चार थान उपकरण बरामद गरेको छ ।

लाल बमगरातीलाई यस अघि प्रहरीले ललितपुर उपमहानगरपालिकाबाट भिओआइपी संचालनमा प्रयोग हुने विभित्र उपकरणहरु सहित पक्राउ गरि १८ महिना जेल चलान गरेको थियो । भने भारतीय नागरिक  विवेक शुक्लाले बर्दिया को गुलेरीयामा केही महिना अबैध भिओआइपी संचालन गरी काठमाडौंलाई कार्यक्षेत्र बनाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...