कलवाइपास गर्ने यी दुई भाईलाई ‘सिआइबी’ ले यसरी हाल्यो खोरमा



हाम्रो इकोनोमि

केन्द्रीय अनुसन्धान ब्यूरो  ‘सिआइबी’ ले अवैध कलवाइपास गर्ने दुई जनालाई सार्वजनिक गरेको छ । सिआइबीले भारत ,मध्ये प्रदेशका २४ बर्षीय विवेक शुक्ला र  सिन्धुली सुनकोशी गाउँपालिका वडा नं ६ का २५ बर्षीय लाल बहादुर मगरातीलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

शुक्ला र मगरातीलाई काठमाडौं महानगरपालिका वडा नं ९ स्थित गेज होटलको कोठा नं ३०४ र काठमाडौ जिल्लाको  कागेश्वरी मनहरा वडा नं ७  शान्तीदीप टोल स्थित भोलाराज गौतमको घरमा अवैध भिओआइपी संचालन गर्न प्रयोग हुने उपकरणहरु सहित केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले पक्राउ गरेको हो । दुवैलाई सिआइबीले काठमाडौं  जिल्ला अदालतबाट ५ दिन को म्याद थप गरी  दूरसंचार ऐन, २०५३ अन्तर्गत अनुसन्धान गरिरहेको छ ।

सिआइबीले उनिहरुबाट ३२  पोर्टको  भिओआइपी गेटवे एक थान, कालो डिनस्टार  लेखिएको १६ पोर्टको भिओआइपी गेटवे एक थान,  निलो १६ पोर्टको भिओआइपी गेटवे एक थान, ऐ को चार्जर  एक थान, पिलोन कनेक्टर एक थान, टिपिलिङ को राउटर दुई थान ,  टिपिलिङ को सानो राउटर  एक थान, एयरटेल फोरजी इन्टरनेट मोडेम एक थान, भिआइभिओ मोवाइलसेट चार थान उपकरण बरामद गरेको छ ।

लाल बमगरातीलाई यस अघि प्रहरीले ललितपुर उपमहानगरपालिकाबाट भिओआइपी संचालनमा प्रयोग हुने विभित्र उपकरणहरु सहित पक्राउ गरि १८ महिना जेल चलान गरेको थियो । भने भारतीय नागरिक  विवेक शुक्लाले बर्दिया को गुलेरीयामा केही महिना अबैध भिओआइपी संचालन गरी काठमाडौंलाई कार्यक्षेत्र बनाउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...