एकता प्रति झस्किदै प्रचण्डले भने चीज गम्भीर छ ओलीले हामीलाई भीरमा हाल्ने योजना यसरी थाहा पाएँ



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमवार गरेको एक ट्वीटप्रति सत्ता साझेदार दल मााओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भीर चासो व्यक्त गरेका छन् ।
यस विषयमा प्रचण्डले आजै प्रधानमन्त्री ओलीसँग कुरा गर्ने माओवादी सांसदहरूसँग बताएका छन् ।

संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष प्रचण्डले ओलीको ट्वीटको प्रसंग निकालेका थिए । ‘ओलीको ट्वीटको कुरा मैले पनि सुनेँ, त्यो उहाँको आधिकारिक धारण हो कि होइन बुझ्नु छ, यदि आधिकारिक हो भने चिज गम्भीर छ भनेर बुझ्नु पर्छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक सांसदले भने ।

‘एउटै घोषणापत्र लिएर चुनावमा गएको पार्टीसँग बजेट निर्माणबारे कुनै छलफल छैन, सचिव सरुवामा छलफल नै छैन,’ प्रचण्डले भने, ‘दुई पार्टी एक हुन लागेको समयमा यसरी हुन्छ ? ट्वीटरमा के–के लेखेको पनि सुनेँ, अब यस विषयमा गम्भीर कुरा हुन्छ,’ प्रचण्डले भनेका थिए ।

प्रचण्डले बजेट निर्माणमा पनि आफूहरूलाई उपेक्षा गर्न खोजिएको आरोप लगाए । ‘संघीयतालाई फोकस गरेर बजेट ल्याऔँ भन्ने हाम्रो प्रस्ताव छ । तर हामीसँग परामर्श नगरी बजेट ल्याउने कोसिस हुँदैछ,’ प्रचण्डले एमालेको भूमिकाप्रति आशंका गर्दै भने, ‘हामी एकताका लागि इमान्दार छौँ, तर झुकेरचाहिँ एकता हुँदैन ।’

यस्तो थियो ओलीको ट्वीट-
‘हामी विकास र समृद्धिको एजेण्डामा हिँडिरहेकाछौं । आफ्नो दूनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...