पूर्ब राजा ज्ञानेन्द्रले उकासे पछी श्रीनिवासले आफुलाई आफै गोली हान्ने यसरी बनाए योजना,तुहियो रणनिती



हाम्रो इकोनोमि

सोमवार काठमाडौंबाट पक्राउ परेका ‘धर्मगुरु आचार्य श्रीनिवास’लाई प्रहरीले ‘हातहतियार तथा खरखजना ऐन’मा म्याद थप गरी अनुसन्धान शुरु गरेको छ।

आफ्नै योजनामा गोली हान्न लगाएर, साम्प्रदायिक नारा भएका पर्चा राखेर त्रास फैलाएको भन्दै मोरङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो।

श्रीनिवासलाई म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा उपस्थित गराइसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निशान्त थापाले जानकारी दिए।

चैत २५ गते मोरङको रानी जतुवामा रहेको जानकी मन्दिरमा सप्ताह महायज्ञ लगाउन टोलीसहित पुगेका श्रीनिवासमाथि बिहान शौच गर्न जाँदा अज्ञात समूहले गोली हानेको थियो। शरीरमा दुई गोली लागेपछि विराटनगरस्थित न्यूरो अस्पतालमा उनको उपचार भएको थियो।

प्रहरीले गोली हान्ने श्रीनिवासका अंगरक्षक माधव चौधरी र लक्ष्मी अधिकारीलाई भने ज्यान मार्ने उद्योग अन्तर्गत म्याद थप गरिएको छ। श्रीनिवासकै योजनामा उनीमाथि गोली हानिएको थियो। प्रहरी हिरासतमा रहेका श्रीनिवासले भने अहिलेसम्म प्रहरीसँग मुख खोलेका छैनन्।

चौधरीले भने दुई महिना अगाडिदेखि नै घटना बारे श्रीनिवासले योजना बनाएको बयान दिएका छन्। हतियारको व्यवस्थापन गर्ने लक्ष्मीराज अधिकारीका दाजुले भारतबाट हतियार ल्याएर घरमा राखेको र त्यही हतियार प्रयोग गरेको बताएका छन्। हतियार ल्याउने अधिकरीका दाजुको भने केही समय अगाडि नै सडक दुर्घटनामा मृत्यु भइसकेको डिएसपी थापाले बताए।

२६ वर्षीय युवा धर्मगुरु सिमरा पानी ट्याङ्की भन्ने स्थानमा घर भएका श्रीनिवासलाई भेट्न केही समय अगाडि पूर्वराजा ज्ञानेन्द्र शाहसमेत पुगेका थिए। श्रोतका अनुसार हिन्दु राज्य कायम गराउन हुने आन्दोलनमा आफु जस्तो पनि सहयोग गर्न तयार रहेको ज्ञानेन्द्रले बचन दिए पछी हिरो हुन श्रीनिवासले उक्त काण्ड मच्चाएका हुन्।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...