मोदीका लागि ४१ सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी काठमाडौँमा,हतियार पनि भरतबाटै



दुईदिने नेपाल भ्रमणमा शुक्रबार आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि दुई वटा गाडी भारतबाट काठमाडौं ल्याइएको छ। एउटा रेन्जरोभर र अर्काे बिएमडब्लु गाडी मंगलबार विशेष विमानमार्फत काठमाडौं ल्याइएको हो।

दुवै गाडी बुलेटप्रुफ हुन्। एउटा गाडी जनकपुर पठाउने तयारी छ भने अर्काे गाडी मोदीले काठमाडौंमा प्रयोग गर्नेछन्। जनकपुरमा मन्दिरदेखि बाह्रबिघासम्म मोदी सोही गाडीमा जानेछन्। बाह्रबिघामा उनको नागरिक अभिनन्दनको तयारी भइरहेको छ।

गाडीसहित ४१ जना सुरक्षाकर्मी पनि काठमाडौं आएका छन्। त्यस्तै, सोही विमानमार्फत विमान चालकसहित १७ जनाको टोली पनि काठमाडौं आएको छ। आइएल ७६ एमबी विमानबाट सुरक्षाका लागि आवश्यक सञ्चारसामग्रीहरु समेत ल्याइएको सुरक्षा स्रोतले जनाएको छ।

मोदी हेलिकप्टरमार्फत शुक्रबार पटनाबाट जनकपुर आउनेछन्। जनकपुरबाट मुक्तिनाथ गई हेलिकप्टरबाटै काठमाडौं आउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्