मोदीका लागि ४१ सुरक्षाकर्मीसहित दुई बुलेटप्रुफ गाडी काठमाडौँमा,हतियार पनि भरतबाटै



हाम्रो इकोनोमि

दुईदिने नेपाल भ्रमणमा शुक्रबार आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि दुई वटा गाडी भारतबाट काठमाडौं ल्याइएको छ। एउटा रेन्जरोभर र अर्काे बिएमडब्लु गाडी मंगलबार विशेष विमानमार्फत काठमाडौं ल्याइएको हो।

दुवै गाडी बुलेटप्रुफ हुन्। एउटा गाडी जनकपुर पठाउने तयारी छ भने अर्काे गाडी मोदीले काठमाडौंमा प्रयोग गर्नेछन्। जनकपुरमा मन्दिरदेखि बाह्रबिघासम्म मोदी सोही गाडीमा जानेछन्। बाह्रबिघामा उनको नागरिक अभिनन्दनको तयारी भइरहेको छ।

गाडीसहित ४१ जना सुरक्षाकर्मी पनि काठमाडौं आएका छन्। त्यस्तै, सोही विमानमार्फत विमान चालकसहित १७ जनाको टोली पनि काठमाडौं आएको छ। आइएल ७६ एमबी विमानबाट सुरक्षाका लागि आवश्यक सञ्चारसामग्रीहरु समेत ल्याइएको सुरक्षा स्रोतले जनाएको छ।

मोदी हेलिकप्टरमार्फत शुक्रबार पटनाबाट जनकपुर आउनेछन्। जनकपुरबाट मुक्तिनाथ गई हेलिकप्टरबाटै काठमाडौं आउने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस
हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...

रास्वपाका केन्द्रिय नेताले पार्टी सदस्यताबाट दिए राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रणय शमशेर राणाले पार्टी सदस्यताबाट...