ओलीले प्रचण्डको मुटु छिया-छिया पारे पछी प्रचण्डको प्रस्ताबमा एक्लाएक्लै वार्ता हुदै,यसरी दुख्यो प्रचण्डको चित्त



माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटले आफूलाई गम्भीर बनाएको बताएका छन्। आज हुने ओलीसँगको एक्लाएक्लै वार्तामा त्यसबारे आफूले गम्भीरतापूर्वक कुराकानी गर्ने जानकारी पनि उनले पार्टीका सांसदहरुलाई गराएका छन्।

‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ’ सोमबार दिउसो ट्वीट गर्दै ओलीले भनेका थिए, ‘किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ, सार्वभौमसत्ता जनतामा थियो र छ।’

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

ओलीको ट्वीटमा उल्लेखित आफू विकास र समृद्धिको एजेण्डामा हिंडिरहेपनि ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्ने’ भन्ने ओलीको भनाईले प्रचण्डलाई गम्भीर बनाएको हो। ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई विकास र समृद्धिप्रति अरुचि हुनसक्ने’ भनेर ओलीले आफूलाई संकेत गरेको हुनसक्ने प्रचण्डको बुझाई छ।

ओली प्रचण्डबीच जनयुद्धलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा कुरा मिलेको भनिएपनि त्यो कुरापनि मिलिनसकेको प्रचण्डले मंगलबार भएको संसदीय दलको बैठकमा सांसदहरुलाई बताए। ‘बाहिरबाट सर्सती हेर्दा सैद्धान्तिक विषयबस्तुपनि मिलेकै छ, तर भित्र पस्दै जाँदा कतिपय कुरा मिलेका छैनन्’ प्रचण्डले भने, ‘यी विषयहरुमा आज प्रधानमन्त्री ओलीसँग स्पष्टसँग गम्भीरतापूर्वक अन्तरङ्ग कुरा गर्नेछु।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्