ओलीले प्रचण्डको मुटु छिया-छिया पारे पछी प्रचण्डको प्रस्ताबमा एक्लाएक्लै वार्ता हुदै,यसरी दुख्यो प्रचण्डको चित्त



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार गरेको ट्वीटले आफूलाई गम्भीर बनाएको बताएका छन्। आज हुने ओलीसँगको एक्लाएक्लै वार्तामा त्यसबारे आफूले गम्भीरतापूर्वक कुराकानी गर्ने जानकारी पनि उनले पार्टीका सांसदहरुलाई गराएका छन्।

‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं, आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ’ सोमबार दिउसो ट्वीट गर्दै ओलीले भनेका थिए, ‘किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ, सार्वभौमसत्ता जनतामा थियो र छ।’

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

ओलीको ट्वीटमा उल्लेखित आफू विकास र समृद्धिको एजेण्डामा हिंडिरहेपनि ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुनसक्ने’ भन्ने ओलीको भनाईले प्रचण्डलाई गम्भीर बनाएको हो। ‘आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई विकास र समृद्धिप्रति अरुचि हुनसक्ने’ भनेर ओलीले आफूलाई संकेत गरेको हुनसक्ने प्रचण्डको बुझाई छ।

ओली प्रचण्डबीच जनयुद्धलाई हेर्ने दृष्टिकोण लगायतका विषयमा कुरा मिलेको भनिएपनि त्यो कुरापनि मिलिनसकेको प्रचण्डले मंगलबार भएको संसदीय दलको बैठकमा सांसदहरुलाई बताए। ‘बाहिरबाट सर्सती हेर्दा सैद्धान्तिक विषयबस्तुपनि मिलेकै छ, तर भित्र पस्दै जाँदा कतिपय कुरा मिलेका छैनन्’ प्रचण्डले भने, ‘यी विषयहरुमा आज प्रधानमन्त्री ओलीसँग स्पष्टसँग गम्भीरतापूर्वक अन्तरङ्ग कुरा गर्नेछु।’

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...