ओली सरकारलाई अर्को च्यालेन्ज,नयाँ बसपार्कमा अर्को सिन्डिकेट सुरु



सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएको छ।

उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका हुन्।

यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा आजदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ। ल्होत्सेले विसं २०५७ मा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो। ल्होत्सेलाई काठमाडौं महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइलगायत व्यवस्थापनको काम दिएको हो।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउछन्। ‘सम्झौतापत्रमा ल्होत्सेले टिकट काट्न पाउने उल्लेख छैन, टिकट काटेर यात्रुसँग बढी भाडा असुलेको भए यस्तो काम तत्काल बन्द गर्छौं’ कार्कीले भने।

यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन्। ल्होत्सेले तोकिएभन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आएको रामबहादुर थापा बताउछन्। यातायात व्यवसायी भने सबै कामको व्यवस्थापन गर्ने जिम्मेवारी सरकारकै रहेको बताउँछन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पुण्यप्रसाद (सरोज) सिटौला सरकारले द्रुत गतिमा काम गरी यातायात व्यवस्थापन गर्नुपर्ने सुझाव दिन्छन्।

यातायात व्यवसायीले समयसारिणी लागू नहुने सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमै आयोजना भएको पत्रकार सम्मेलनमा सार्वजनिक घोषणा गरेका थिए। राजधानीमै गत शनिबारदेखि नै बिहान बेलुकी सवारी पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ। दहचोककी रमिला भट्टराई यातायात एकाधिकार अन्त्य भयो भन्ने समाचार सुन्न थालेपछि सवारी पाउन नसकिएको बताउछन्।

व्यवसायीले सबै व्यवस्थापन सरकारले गर्ने भन्दै मन लागे सवारी चलाउने मन नलागे नचलाउने गरेका छन्। यातायात व्यवस्था विभागका प्रवक्ता तुलसीराम अर्याल कम्पनीका सवारीलाई उपत्यकाका सबै स्थानमा व्यवस्थित रुपमा चलाउने तयारी भइरहेको बताउछन्। कसरी रुट व्यवस्थापन गर्ने भनी १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले गृहकार्य गरिरहेको विभागले जनाएको छ।

मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा सडक कस्तो छ, यात्रु कति छन्, कुनकुन समयमा कति सवारी चाहिन्छ भन्ने अध्ययन भइसकेको छ। नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले यो अध्ययन गरेको हो। अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयलाई पठाइएको विभागले जनाएको छ। बाँकी तीन विकास क्षेत्रमा यस्तै अध्ययनका लागि अर्थ मन्त्रालयले बजेट छुट्याएको उनले बताए।

उपत्यकामा एसियाली विकास बैंकको सहयोगमा यस्तै अध्ययन गरी २६६ रुटबाट ६६ मा झार्ने प्रतिवेदन प्राप्त भएको विभागले जनाएको छ। गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते विभागले नयाँबसपार्क–सामाखुसी–रत्नपार्क–सिनामंगल रुटमा माइक्रोबस र टेम्पो हटाई १७ वटा ठूला बस चलाउने तयारी भएको छ । यो रुटमा दिगो यातायात प्रालिले सवारी चलाउने छ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्