मोदीका कारण नेपालमै नाकाबन्दी,मोदी लाई कालोमोसो दल्ने र झन्डा देखाउने यस्तो भयो निर्णय



हाम्रो इकोनोमि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुस्ताङ आउने भएपछि जिल्ला प्रशासन कार्यायलयले त्यहाँ पदयात्री तथा हवाईमार्गबाट आउने यात्रीहरुलाई मुस्ताङ प्रवेश तथा मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाइएको छ । यो एक प्रकारले नाकाबन्दी जस्तै हो।

गत वैशाख २३ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
नेपालको दुईदिने राजकीय भ्रमणमा आउने प्रधानमन्त्री मोदी वैशाख २९ गते मुक्तिनाथ पुग्ने कार्यक्रम छ ।

शाखा अधिकृत जितेन्द्र बलामीले जारी सूचनामा प्रधानमन्त्री मोदीले मुक्तिनाथ दर्शन गर्ने भएकाले सुरक्षा व्यवस्थालाई सुरक्षित र भरपर्दो बनाउन यात्रुहरुको आवागमनमा रोक लगाउने निर्णय गरिएको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, मनाङ जिल्लाबाट थोरङला पास हुँदै मुस्ताङ र मुस्ताङबाट मनाङतर्फ आउने पदयात्रीहरुलाई वैशाख २८ र २९ गते रोक लगाउने निर्णय भएको साथै मुक्तिनाथ दर्शनका लागि बेनी जोमसोम हुँदै आउने यात्रुहरु एवम् हेलिकोप्टरको माध्यमबाट मुक्तिनाथ क्षेत्रमा आउने यात्रुहरुलाई यही वैशाख २८ र २९ गते मुक्तिनाथ मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको हुँदा सोही अनुसार गर्नु–गराउनुहुन अनुरोध छ ।’

जिल्ला स्थित राजनीतिक दलका एक नेताले भने -भारतीय प्रधानमन्त्री आउने र उहाँको स्वागत गर्ने कुरा आफ्नो ठाँउमा छ । जिल्लाभरका नाका बन्द गरेर राम्रो भएन । यो त अघोषित नाकाबन्दी जस्तै भयो ।’

मोदीलाई मुक्तिनाथ क्षेत्रको मौलिक कला संस्कृति देखाउने तयारीसमेत भइरहेको छ ।

काठमाडौँबाट हेलिकोप्टरमा आउने मोदीको विशेष पूजाका लागि मुक्तिनाथ मन्दिरको मर्मत र रंगरोगन, अतिविशिष्ट कक्ष तयार, १०८ धारा, शौचालयको सरसफाइ र हेलिप्याड निर्माण गरिएको छ ।

मोदीको स्वागतका लागि मुक्तिनाथ गाउँ र मन्दिर प्रवेशद्वारमा विशेष गेट बनाइएका छन् ।
वैशाख २९ गते हेलिकोप्टरबाट मुक्तिनाथ ओर्लेपछि मोदीले एक घण्टा विशेष पूजापाठ गर्नेछन् ।

मन्दिरमा विशिष्ट पाहुना आउँदा पूजापाठका लागि गरिने सम्पूर्ण प्रक्रियाको तयारी पूरा भएको मुक्तिनाथका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिएका छन् । यता राष्ट्रबादी केन्द्र नेपालले भने मोदीलाई कालो झन्डा देखाउने र जसरी हुन्छ कालोमोसो दलेरै छोड्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...