प्रधानमन्त्री ओलीले भूतले खाजा खाने समयमा यसरी हाने बाण,ओलीको बाणले यिनको जाने भयो प्राण



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अोलीको मध्येराति ट्वीटले तरंग फैलाएको छ । ओलीले राति १२ः३७ बजे सामाजिक सञ्जाल ट्वीटरमा गरेको ट्वीटले तरंग फैलाएको हो ।

अोलीले ट्वीट गरेका छन् ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं । आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ । लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ । किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’

अोलीको ट्वीट झट्ट हेर्दा माअोवादीप्रति बाण हानेको देखिन्छ । अोलीको ट्वीटमा समिकरणको प्रसंग उठाइएको छ । ताकि पार्टी एकताको बिषय र अहिले एमाले नेतृत्वमा माअोवादी सरकारमा रहेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार (हिजो) मात्रै वाइसीएल नेपाल केन्द्रीय स्कुलिङ विभागको आयोजनामा समसामयिक परिस्थितिमा युवाहरुको भुमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा झुकेर एकता नगर्ने र जनयुद्ध पनि नछाड्नेलगायतका अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...