माताले पारस संग नबोल्नु भने पछी हिमानी पारस भन्दा टाडा,छोरो सुध्रिएको भन्दै ज्ञानेन्द्रले हिमानीलाई दिए दबाब



हाम्रो इकोनोमि

यसै साता लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा शाही परिवारको डिनर थियो । डिनरको आकर्षण शाही परिवार भन्दा पनि पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी शाहको प्रवेश सँगै हुनु बन्यो । खासगरी दुवैबीचको सम्बन्ध सुमधुर नरहेको बताइएका बेला यो जोडी आकर्षक बनेको थियो । सँगै छिरे पनि डिनर अवधिभर बोलचाल पनि नगरी, सँगै पनि नबसी फर्केका दम्पत्तीको सम्बन्ध किन अझै चिसो छ ? स्रोतहरू भन्छन्, ‘माताको कमाल हो ।’

धार्मिक मान्यता राख्ने हिमानीलाई सबिता भन्ने माताले श्रीमान्सँग सम्बन्ध नराख्नू, नबोल्नु भनेकी छन् । हिमानी उनै माताको भनाईमा अडिग रहेको कतिपयले बताएका छन् । यो दम्पत्तीमा देखिएको विभाजनको प्रमुख कारण माता भने होइनन् । पारसको परस्त्री सम्बन्ध र हिमानीको इगोले पनि काम गरेको दरबार नजिक हुनेहरू बताउँछन् ।

त्यसो त लामो समय विदेशी प्रेमिकासँग थाइल्यान्डमा बसी जेल समेत परेका पारसको रिहाइका लागि हिमानीले कम सकस उठाएकी छैनन् । त्यसै बेलादेखि बाबु ज्ञानेन्द्र शाहसँग पारसको सम्बन्ध विग्रिएको थियो । उनलाई निर्मलनिवास प्रवेशमा रोक थियो । तर, अहिले त्यस्तो छैन । ज्ञानेन्द्रले पारसलाई सकारात्मक लिन थालेका छन् । उनको बानीमा आउन थालेको सुधार र लामो समयदेखि काठमाडौंमा नै रहेका कारण परिवारसँग नजिक हुन थालेका छन् ।

पारस सुध्रिन थालेपछि बाबु ज्ञानेन्द्रले उनलाई चेपेका हुन् । त्रिसरामा डिनरका लागि परिवार सँगै पुग्यो । आमा कोमलसँग पनि पारसले राम्रो भलाकुसारी गरे । तर पत्नी हिमानीसँग उनको हिमचिम हुन सकेन । बाबुआमाबीच बसेर तस्बिर लिएका पारससहितको फ्रेममा हिमानी आउन चाहिनन् । अलिक पर बसिन्, सासुससुरासँग गफिइन् र फर्किन् ।

कतिपय समयमा हिमानी र पारसको सम्बन्ध सुधार भएको चर्चा पनि गरिए । हिमानी ट्रस्टको कार्यक्रममा पारसको सहभागीताका आधारमा यस्तो चर्चा गरियो । बैंककबाट फर्किनासाथ केही समय अलग्गै बस्दै आएका पूर्वयुवराज पारस सोल्टी होटलमा आयोजना गरिएको सो कार्यक्रममा पुगेका थिए । त्यसपछि सम्बन्ध सुधार भएको चर्चा भयो ।

पारसकी फुपु शोभा शाहीका छोरा हिमवानको विवाहमा एउटै फ्रेममा पारस–हिमानी देखिए पछि सम्बन्ध सुधारको चर्चा भएको थियो । त्यसबेला विवाहमा दुलाहा र दुलहीसँगै फोटो खिच्ने क्रममा पारस र हिमानीले छोराछोरी साथमा राखेर फोटो खिचाएका हुन् ।

२०७१ को १९ चैतमा पूर्व युवराज पारस नेपाल फर्किए पनि उनको हिमानीसँगको सम्बन्ध राम्रो अझै राम्रो बन्न सकेको छैन । पारसले आफ्ना सन्तानसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेपनि उनी श्रीमतीसँगै एउटै तस्बिर देखिएका थिएनन् । थाइल्याण्डमा रहँदा कन्निका चाइयासार्नसँग प्रेम सम्बन्धमा भुलेपछि हिमानी र पारसको सम्बन्धमा उतार चढाव देखा परेको थियो ।

विवादीत पारस

युवराज भएपछि एभरेस्ट होटलमा आफ्नी श्रीमती हिमानीलाई तर्साउन हवाइ फायर गरेको भन्दै विगतमा नै पारस विवादमा तानिएका थिए । हिमानीसँगको झगडाका कारण उनले गोली चलाएको भनिए पनि सो घटना गुपचुप नै राखिएको थियो ।

२०६८ जेठमा पारसले बहिनीज्वाइँ राजबहादुर सिंहलाई कुटेको खबर सार्वजनिक भएको थियो । बहिनीलाई दुःख दिएको भन्दै उनले याक एन्ड यतीको रोयल क्यासिनोमा पुगेर सिंहलाई कुटेका थिए ।

पारस थाइल्यान्डमा रहँदा पनि उनी पटक पटक लागू पदार्थ राखेको अभियोगमा समातिए, जेलसमेत परे । हिमानी भने काठमाडौँमा रहेर समाजसेवामा लागिन्। थाइल्यान्डबाट स्वदेशमै बस्ने गरी फर्किए पनि पारस पूर्व युवराज्ञी हिमानी र आफ्ना छोराछोरीसँग भने बसेका छैनन् ।

छवि सुधारेर कार्यक्रममा
यसैबीच पारसले आफ्नो छवि सुधारको संकेत विभिन्न सामाजिक र धार्मिकका काममा सक्रियता देखाएर गरेका छन् । शनिबार मात्रै उनी कपनको एउटा धार्मिक अनुष्ठानमा पुगेका थिए ।

ड्रग्स र विरामले दुव्लो पातलो भएका पारस केही समय सुधारगृहमा समेत बसेका थिए । ‘उहाँको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो, धार्मिक काममा सक्रियता देखाउनुभएको छ’, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले भने,‘उहाँको सार्वजनिक जीवन राम्रो छ, अरूले बदनाम गराउने कोशिश मात्र गरेका हुन् ।’

प्रतिक्रिया दिनुहोस
१४ खर्ब ५ अर्ब राजश्व उठने अनुमान, ६ खर्ब ५७ अर्ब बजेट घाटा

    सरकारले आगामी आर्थिक वर्षका लागि ठूलो आकारको बजेट ल्याउँदा स्रोत अभाव...

लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन

    सरकारले लोककल्याणकारी विज्ञापनका लागि ३३ करोड रकम विनियोजन गरेको छ ।...

कुल २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट सार्वजनिक

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४...

कर्मचारीको तलब २१ प्रतिशत वृद्धि

  सरकारले कर्मचारीको  तलब करिब २१ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा....