काठमाण्डौं र पोखरामा फोरजी विस्तार गर्दा ५ करोडमा हुने काम ५० करोडमा ठेक्का, दश करोड कामिनीको खल्तीमा



काठमाण्डौं र पोखरामा 4G सेवा विस्तार गर्दा ५ करोडमा हुने काम करीब ५० करोडमा गरेको देखाएर भ्रष्टाचार गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका निवर्तमान प्रमुख आयुक्तले प्रबन्ध निर्देशक राजभण्डारीलाई पटक–पटक बयान लिन बोलाएका थिए । तर अघिल्ला सञ्चारमन्त्री मोहन बस्नेत र हुवावेले जाँदाजाँदै अख्तियारका दीप बस्नेतलाई मिलाएर उजुरी तामेलीमा राख्न प्रयत्न गरेका थिए ।

 अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउँदै गर्दा तत्कालीन प्रमुख दीप बस्नेत, तत्कालीन सञ्चार मन्त्री मोहन बस्नेत र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको योजना र छलफल अनुसार छानबिन रोकिएको थियो । 

काठमाण्डौ र पोखरामा हुवावेलाई ठेक्का दिंदा अनियमितता भएको बिषयमा परेको उजुरीमा अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउँदै गर्दा तत्कालीन प्रमुख दीप बस्नेत, तत्कालीन सञ्चार मन्त्री मोहन बस्नेत र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको योजना र छलफल अनुसार छानबिन रोकिएको थियो । आर्थिक चलखेलका आधारमा यो छानबिन रोकिएको बुझाइ आयुक्तहरुको छ ।

यसअघिको ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी जडानमा अनियमतितादेखि काठमाण्डौंको फोरजीको गुणस्तर नभएकोबारेमा पटक–पटक राजभण्डारीलाई बोलाएर गुणस्तर सुधार गर्न निर्देशन दिएको थियो ।

4Gको एलटीई–३ ओपन टेण्डर स्वीकृत गर्ने प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको नाम अघि सारेर अर्बौं रुपैयाँं घोटाला गर्ने प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको योजना तत्काल तुहिएको छ ।

4Gको टेण्डर मूल्याङ्कन कमिटीमा रहेकाहरुले कामिनीको निर्देशनअनुसार काम छिटो टुंगो नलगाई दिएका कारण उनले अघिल्लो सरकारको पालामा हुवावेसँग ठेक्का सम्झौता गर्न सकिनन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिहीबार फोरजीको ठेक्का मूल्याङ्कनकै चरणमा रहेको प्रतिक्रिया नयाँपेजलाई दिएकी छिन् । उनले भनिन्–‘टेण्डर मूल्याङ्कन सकिएको छैन । मूल्याङ्कन सकिएपछि टेण्डर सम्झौता हुन्छ ।’ हुवावेलाई दिन लागेको ठेक्का सरकार परिवर्तन भएका कारण तत्काल नसकेपछि नयाँ उपायको खोजीमा उनी लागेकी छिन् ।

तत्कालीन अवस्थामा हुवावेलाई ठेक्का दिन नसक्नुमा अघिल्लो पटक बोर्डलाई बाइपास गर्दै हुवावेलाई आर्थिक लेनदेनका आधारमा काठमाण्डौं र पोखराको 4Gको ठेक्का दिएकै कारण तत्कालीन टेलिकमका बोर्ड सदस्यहरु राजभण्डारीसँग बिच्किएका थिए । यसबीचमा टेलिकममा नयाँ बोर्ड सदस्यहरु आइसकेका छन् । उनीहरुलाई कामिनीले हिजोका मितिमा गरेको आर्थिक चलखेलको फेहरिस्त टेलिकमका कर्मचारीले दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको

परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

    परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन

बाढी–पहिरोले दुई सय १७ को मृत्यु, २८ जना वेपत्ता

    केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल