काठमाण्डौं र पोखरामा फोरजी विस्तार गर्दा ५ करोडमा हुने काम ५० करोडमा ठेक्का, दश करोड कामिनीको खल्तीमा



हाम्रो इकोनोमि

काठमाण्डौं र पोखरामा 4G सेवा विस्तार गर्दा ५ करोडमा हुने काम करीब ५० करोडमा गरेको देखाएर भ्रष्टाचार गरेको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । अख्तियारका निवर्तमान प्रमुख आयुक्तले प्रबन्ध निर्देशक राजभण्डारीलाई पटक–पटक बयान लिन बोलाएका थिए । तर अघिल्ला सञ्चारमन्त्री मोहन बस्नेत र हुवावेले जाँदाजाँदै अख्तियारका दीप बस्नेतलाई मिलाएर उजुरी तामेलीमा राख्न प्रयत्न गरेका थिए ।

 अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउँदै गर्दा तत्कालीन प्रमुख दीप बस्नेत, तत्कालीन सञ्चार मन्त्री मोहन बस्नेत र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको योजना र छलफल अनुसार छानबिन रोकिएको थियो । 

काठमाण्डौ र पोखरामा हुवावेलाई ठेक्का दिंदा अनियमितता भएको बिषयमा परेको उजुरीमा अख्तियारले छानबिन प्रक्रिया अगाडि बढाउँदै गर्दा तत्कालीन प्रमुख दीप बस्नेत, तत्कालीन सञ्चार मन्त्री मोहन बस्नेत र प्रबन्ध निर्देशक कामिनी राजभण्डारीको योजना र छलफल अनुसार छानबिन रोकिएको थियो । आर्थिक चलखेलका आधारमा यो छानबिन रोकिएको बुझाइ आयुक्तहरुको छ ।

यसअघिको ब्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले फोरजी जडानमा अनियमतितादेखि काठमाण्डौंको फोरजीको गुणस्तर नभएकोबारेमा पटक–पटक राजभण्डारीलाई बोलाएर गुणस्तर सुधार गर्न निर्देशन दिएको थियो ।

4Gको एलटीई–३ ओपन टेण्डर स्वीकृत गर्ने प्रकरणमा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको नाम अघि सारेर अर्बौं रुपैयाँं घोटाला गर्ने प्रबन्ध निर्देशक राजभण्डारी र प्रबन्धक प्रदीप ठाकुरको योजना तत्काल तुहिएको छ ।

4Gको टेण्डर मूल्याङ्कन कमिटीमा रहेकाहरुले कामिनीको निर्देशनअनुसार काम छिटो टुंगो नलगाई दिएका कारण उनले अघिल्लो सरकारको पालामा हुवावेसँग ठेक्का सम्झौता गर्न सकिनन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बिहीबार फोरजीको ठेक्का मूल्याङ्कनकै चरणमा रहेको प्रतिक्रिया नयाँपेजलाई दिएकी छिन् । उनले भनिन्–‘टेण्डर मूल्याङ्कन सकिएको छैन । मूल्याङ्कन सकिएपछि टेण्डर सम्झौता हुन्छ ।’ हुवावेलाई दिन लागेको ठेक्का सरकार परिवर्तन भएका कारण तत्काल नसकेपछि नयाँ उपायको खोजीमा उनी लागेकी छिन् ।

तत्कालीन अवस्थामा हुवावेलाई ठेक्का दिन नसक्नुमा अघिल्लो पटक बोर्डलाई बाइपास गर्दै हुवावेलाई आर्थिक लेनदेनका आधारमा काठमाण्डौं र पोखराको 4Gको ठेक्का दिएकै कारण तत्कालीन टेलिकमका बोर्ड सदस्यहरु राजभण्डारीसँग बिच्किएका थिए । यसबीचमा टेलिकममा नयाँ बोर्ड सदस्यहरु आइसकेका छन् । उनीहरुलाई कामिनीले हिजोका मितिमा गरेको आर्थिक चलखेलको फेहरिस्त टेलिकमका कर्मचारीले दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...