सावाधान काठमाडौंको पानीमा ३ सय प्रतिशत कोलिफर्म, नपिउन विज्ञको सुझाव



२५ वैशाख, काठमाडौं । आज मंगलबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । केहीले अपराधका विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् भने कुनैले राजनीतिक विषयमा जोड दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गतेबाट गर्न लागेको नेपाल भ्रमणलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् । विशेष गरी भ्रमणका क्रममा हुने सम्झौताबारे पत्रपत्रिकाले जानकारी पस्केका छन् । समाचार अनुसार रेलमार्ग निर्माणबारे सम्झौता हुने सम्भावना छ ।

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक उक्साहटका लागि आफूमाथि नै गोली हान्न लगाएकोलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ छापेका छन् । सप्ताह पुराण वाचनका लागि आचार्यमाथि गत चैत २५ गते गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा उनले आफैंमाथि गोली हान्न लगाएको खुलेको हो ।

यसका अतिरिक्त उपत्यकाको पानी पिउनै अयोग्य भएको, रोजेको सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना नपाएको, सिन्डिकेट हटाउन व्यवसायी पनि सहमत भएकोलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ स्थान दिएर लेखेका छन् ।

मोदीको भ्रमणमा रेलमार्ग सम्झौता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

वैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

पौडेल पक्षले डाक्यो छुट्टै भेला, देउवाविरुद्ध सशक्त उत्रने तयारी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिलगायत विषयमा छलफल भएको कान्तिपुर दैनिकमा समाचार छ ।

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । समाचार अनुसार सभापति शेरबहादुर देउवाको कदमविरुद्ध सशक्त उत्रने तयारी पौडेल पक्षको छ ।

रोजेका सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना पाएनन्

सरकारले विद्यार्थी भर्ना अभियानलाई उत्साहपूर्वक अघि बढाइरहेका बेला रुपन्देहीमा उत्कृष्ट ठहरिएका सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना नपाएको खबर नयाँ पत्रिकाले लेखेको छ ।

समाचार अनुसार उत्कृष्ट नतिजा ल्याएर स्थापित भएका सामुदायिक विद्यालयमा भर्नाका लागि आवेदन दिएका ६० प्रतिशतले भर्ना नपाएका हुन् ।

काठमाडौंको पानीमा कोलिफर्मको मात्रा ३ सय प्रतिशत, नपिउन विज्ञको सुझाव

अन्नपूर्ण पोस्ट दैनिकले आज काठमाडौंको खानेपानी शुद्धताबारे एक समाचार छापेको छ । समाचार अनुसार उपत्यकाको पानी पिउन योग्य नभएको परीक्षणका क्रममा पुष्टि भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान –नास्ट)ले काठमाडौं उपत्यकाका पानीका विभिन्न स्रोतको परीक्षण गर्ने क्रममा यस्तो तथ्य फेला परेको बताइएको छ ।

समाचार अनुसार काठमाडौंको पानीमा ब्याक्टेरिया, आइरन, आमोनिया र नाइट्रेटको मात्रा धेरै पाइएको छ ।

 

आज मंगलबार, राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा विविध विषय परेका छन् । केहीले अपराधका विषयलाई पहिलो प्राथमिकतामा राखेका छन् भने कुनैले राजनीतिक विषयमा जोड दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यही वैशाख २८ गतेबाट गर्न लागेको नेपाल भ्रमणलाई आजका पत्रपत्रिकाहरुले विभिन्न शीर्षकमा लेखेका छन् । विशेष गरी भ्रमणका क्रममा हुने सम्झौताबारे पत्रपत्रिकाले जानकारी पस्केका छन् । समाचार अनुसार रेलमार्ग निर्माणबारे सम्झौता हुने सम्भावना छ ।

 

हिन्दू धर्मगुरु आचार्य श्रीनिवासले धार्मिक उक्साहटका लागि आफूमाथि नै गोली हान्न लगाएकोलाई पनि आजका पत्रपत्रिकाहरुले उत्तिकै महत्त्वका साथ छापेका छन् । सप्ताह पुराण वाचनका लागि आचार्यमाथि गत चैत २५ गते गोली प्रहार भएको थियो । अनुसन्धानका क्रममा उनले आफैंमाथि गोली हान्न लगाएको खुलेको हो ।

यसका अतिरिक्त उपत्यकाको पानी पिउनै अयोग्य भएको, रोजेको सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना नपाएको, सिन्डिकेट हटाउन व्यवसायी पनि सहमत भएकोलाई आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ स्थान दिएर लेखेका छन् ।

मोदीको भ्रमणमा रेलमार्ग सम्झौता हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने राजकीय भ्रमणका क्रममा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भएका जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारीसम्बन्धी सहमतिलाई सम्झौतामा परिणत गरिने भएको समाचार कान्तिपुर दैनिकले छापेको छ ।

वैशाख २८ मा नेपाल आउन लागेका मोदी र ओलीले ती समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने जानकारी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिएको कान्तिपुरको समाचारमा उल्लेख छ ।

पौडेल पक्षले डाक्यो छुट्टै भेला, देउवाविरुद्ध सशक्त उत्रने तयारी

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमतिविपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आइतबार ४ नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिलगायत विषयमा छलफल भएको कान्तिपुर दैनिकमा समाचार छ ।

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो । समाचार अनुसार सभापति शेरबहादुर देउवाको कदमविरुद्ध सशक्त उत्रने तयारी पौडेल पक्षको छ ।

रोजेका सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना पाएनन्

सरकारले विद्यार्थी भर्ना अभियानलाई उत्साहपूर्वक अघि बढाइरहेका बेला रुपन्देहीमा उत्कृष्ट ठहरिएका सामुदायिक विद्यालयमा ६० प्रतिशत विद्यार्थीले भर्ना नपाएको खबर नयाँ पत्रिकाले लेखेको छ ।

समाचार अनुसार उत्कृष्ट नतिजा ल्याएर स्थापित भएका सामुदायिक विद्यालयमा भर्नाका लागि आवेदन दिएका ६० प्रतिशतले भर्ना नपाएका हुन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्