भारतीय पक्षले नेपाली भूमिमा पसेर तार बार हटाए पछी संसदमा हंगामा,मोदीको सातो लिन उठ्यो माग



हाम्रो इकोनोमि

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाले लगाएको विद्युतीय तार बार हटाइदिएको छ ।एसएसबीले नेपाली भूमिका प्रवेश गरेर नगरपालिकाले लगाएको तारबार हटाएको भन्दै सदनमा आवाज उठेको छ ।

राष्ट्रियसभाको सोमवार बसेको बैठकमा सांसदहरूले एसएसबीको ज्यादतिबारे भारतीय प्रधानमन्त्रीसँग कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
एसएसबीले गएराति कञ्चनपुरमा प्रवेश गरेर जंगली जनावरको आक्रमणबाट बच्न नगरपालिकाले लगाएको तारबार हटाएको हो ।

बैठकमा नेकपा एमालेकी इन्दू कडरियाले सीमा क्षेत्रमा एसएसबीको ज्यादती बढेको बताइन् । उनले सीमा संरक्षण टोली खटाएर १९५० को सर्भे नक्साअनुसार गर्नुपर्ने माग गरिन् ।

नेकपा माओवादी केन्द्रका हरिराम चौधरीले पुनर्वासमा भएको घटना निन्दनीय भएको बताए ।
जंगली जनावरको आक्रमण रोक्नका लागि नगरपालिकाले लगाएको तारजाली एसएसबीले हटाएको उनले बताए ।

यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा कुरा उठाउनुपर्ने उनले माग गरे ।
सांसद चौधरीले कैलालीको टीकापुरमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै निर्वाचित सांसद रेशम चौधरी थुनामा रहँदा सो क्षेत्र जनप्रतिनिधिविहीन भएको बताए ।

नेकपा एमालेकै सिंहबहादुर विकले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट भइरहेको ज्यादति रोक्न माग गरेका थिए ।
बैठकमा एमालेका सुमनराज प्याकुरेलले तराईको अन्न भण्डार जोगाउन चुरे संरक्षण गरेर पानी सञ्चय गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...