भारतीय पक्षले नेपाली भूमिमा पसेर तार बार हटाए पछी संसदमा हंगामा,मोदीको सातो लिन उठ्यो माग



हाम्रो इकोनोमि

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरको सुक्लाफाँटा नगरपालिकाले लगाएको विद्युतीय तार बार हटाइदिएको छ ।एसएसबीले नेपाली भूमिका प्रवेश गरेर नगरपालिकाले लगाएको तारबार हटाएको भन्दै सदनमा आवाज उठेको छ ।

राष्ट्रियसभाको सोमवार बसेको बैठकमा सांसदहरूले एसएसबीको ज्यादतिबारे भारतीय प्रधानमन्त्रीसँग कुरा राख्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
एसएसबीले गएराति कञ्चनपुरमा प्रवेश गरेर जंगली जनावरको आक्रमणबाट बच्न नगरपालिकाले लगाएको तारबार हटाएको हो ।

बैठकमा नेकपा एमालेकी इन्दू कडरियाले सीमा क्षेत्रमा एसएसबीको ज्यादती बढेको बताइन् । उनले सीमा संरक्षण टोली खटाएर १९५० को सर्भे नक्साअनुसार गर्नुपर्ने माग गरिन् ।

नेकपा माओवादी केन्द्रका हरिराम चौधरीले पुनर्वासमा भएको घटना निन्दनीय भएको बताए ।
जंगली जनावरको आक्रमण रोक्नका लागि नगरपालिकाले लगाएको तारजाली एसएसबीले हटाएको उनले बताए ।

यस विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको समयमा कुरा उठाउनुपर्ने उनले माग गरे ।
सांसद चौधरीले कैलालीको टीकापुरमा भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै निर्वाचित सांसद रेशम चौधरी थुनामा रहँदा सो क्षेत्र जनप्रतिनिधिविहीन भएको बताए ।

नेकपा एमालेकै सिंहबहादुर विकले सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीबाट भइरहेको ज्यादति रोक्न माग गरेका थिए ।
बैठकमा एमालेका सुमनराज प्याकुरेलले तराईको अन्न भण्डार जोगाउन चुरे संरक्षण गरेर पानी सञ्चय गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...