एकताका लागी सबै मिल्यो भनिए पनि एमाले नेताहरु सुध्रन जरुरी छ भन्दै प्रचण्डले राखे यस्ता तीन सर्त



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले तीनवटा विषय छाडेर एमालेसँग पार्टी एकता गर्न नसकिने बताएका छन् ।

सोमबार काठमाडौमा माओवादीको भातृृ संगठन वाइसीएलको केन्द्रीय स्कुल विभागले गरेको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रममा युवाहरुले एकताबारे सोधेको प्रश्नको जवाफ दिदै प्रचण्डले जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डालाई छोडेर पार्टी एकता हुन नसक्ने बताएका हुन् ।

एमाले–माओवादी पार्टी एकता प्रकृया अन्तिम चरणमा पुगेका वेला अध्यक्ष प्रचण्डबाट यस्तो अभिव्यक्ति आएको हो ।

‘ज जसले जे जे भनेपनि जनयुद्ध, जनआन्दोलन र जनताका एजेण्डा छाडेर एमाले माओवादी एकता हुन सक्दैन, हामी यी तीन विषयमा कम्परमाइज गर्न सक्दैनौ’ प्रचण्डको भनाई उदृत गर्दै वाइसियल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले भने,‘परिवर्तनका एजेण्डामा एमाले नेताहरु सुध्रन जरुरी छ ।’

उनले माओवादी आन्दोलन र एजेण्डालाई अपमान गर्न खोजिए देश दुर्घटनामा पर्ने भन्दै युवाहरुलाई त्यसतर्फ सचेत रहन आग्रह पनि गरे । ‘एकता गर्नुपर्छ तर, अपमान र असमान ढंगले एकता हुदैन, विचार र राजनीति छाडेर पनि एकता सम्भव छैन, मानिस बुढो भएपनि विचार कहिल्यै बुढो हुदैन ’ अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रचण्डले क्रान्ति अपूर्ण रहेपनि माओवादीले नहारेको भन्दै पूर्णरुपमा जीत हाँसिल पनि गर्न नसकेको बताए । ‘क्रान्ति अपूर्ण रह्यो, तर पनि हामीले हारेका छैनौं, तर पूर्ण रुपमा जित्न पनि सकेका छौनौ । त्यसकारण प्राप्त उपलव्धिलाई जोगाउँदै अघि बढ्नुपर्छ’, प्रचण्डले प्रशिक्षण दिने क्रममा भने ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले समाजवादमा जाने भएपछि समाजवाद उन्मुख विचार नै अंगाल्नुपर्ने पनि बताएका थिए । उनले अब बन्ने एकीकृत पार्टीको केन्द्रीय समितिमा युवाहरुलाई महत्वपूर्ण स्थान दिँदै नीति निर्माण तहमा युवाहरुलाई पुर्याउने प्रतिबद्धता जनाए ।

दुई पार्टी एकताका लागि भइरहेको अन्तिम गृहकार्यमा जनयुद्ध, जनआन्दोलन लगायतका शव्दहरुप्रति एमालेले आपत्ति जनाउँदै आएको छ ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सवै किसिमका सिन्डिकेट तोड्न सरकार लागि रहेको बताएका थिए । उनले देश सिण्डीकेट, माफियातन्त्र, र गुण्डागर्दीले तहसनहस भएको भन्दै त्यस्ता तत्व र क्रियाकलापलाई निस्तेज पार्न सरकारले कुनै कसर बाँकी नराख्ने बताए । कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...