आफुलाई गोली हान्न आफै पेस्तोल दिएको खुलासा भए पछी धर्मगुरु श्रीनिवासाचार्य प्रहरी कब्जामा



हाम्रो इकोनोमि

 

चर्चित धर्मगुरु श्रीनिवास आचार्यमाथि उनकै योजनामा गोली प्रहार भएको खुलेको छ।  दिल्ली जान लागेका उनलाई प्रहरीले काठमाडौंको विमानस्थलबाट पक्राउ गरेको छ । उनकै योजनामा गोली प्रहार भएको खुलेपछि पक्राउ गरिएको मोरङका एसपी अरुण बिसीले बताए।

हिन्दुराष्ट्रको आन्दोलन उछाल्न श्रीनिवासले आफुमाथि गोली हान्न  माधव चौधरीलाई   लगाएको अनुसन्धान खुलेको छ।  चौधरी र लक्ष्मीराज अधिकारी पक्राउ परेपछि सो रहस्य खुलेको छ।

  तीन दिनअघि चितवनबाट पक्राउ परेका उनीहरुको बयानमा सो कुरा खुलेपछि उनी पक्राउ परेका हुन्।  चौधरी र लक्ष्मीराजपक्राउ परेपछि थप उपचारका लागि भन्दै उनी भारत जान लागेका थिए।

गत चैत २५ गते विराटनगरमा उनीमाथि गोली प्रहार भएको थियो। उनको दायाँ छातीमा गोली लागेको थियो। उपचार गराई उनी गत साता डिस्चार्ज भएका थिए।

विराटनगर महानगरपालिका–१४ स्थित जतुवामा रहेको रामजानकी मन्दिर परिसरमा लाग्ने श्रीमदभागवत सप्ताह पुराणका लागि पुगेका २४ वर्षीय श्रीनिवासाचार्यमाथि गत चैत २५ गते बिहान गोली प्रहार भएको थियो। श्रीनिवासाचार्यमाथि उनकै योजनामा भरतपुर महानगरपालिका–४ बेलचोकका माधव चौधरीले करिब पाँच मिटरको दुरीबाट पाखुरामा लाग्ने गरी गोली हानेको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...