संचार राज्यमन्त्री बास्कोटाले पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गरे



हाम्रो इकोनोमि

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफु नेपाल पत्रकार महासंघको सदस्य रहेको र उक्त सदस्यता आजकै मिति बाट लागु हुने गरी त्यागेको घोषणा गर्नु भएको छ। महासंघको प्रदेशका नव निर्वाचित कार्य समितिलाई बधाई सहित शुभकामना दिन आयोजित कार्यक्रममा मंत्री बास्कोटाले सो घोषणा गर्नु भएको हो।

सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । सन्देशमा उहाँले संविधानप्रदत्त प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राज्यमन्त्री बाँस्कोटाले संविधानमा व्यवस्था गरिएअनुसार मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख दिशामा मुलुकलाई अगाडि बढाउन देशले आर्थिक विकास र समृद्धि हाँसिल गर्नैपर्ने भएकाले यसमा आमसञ्चार र प्रेस जगत्को सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रेस जगत्ले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगत्लाई आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
म संघीयता विरोधी होइन : बालेन शाह

    मधेशवादी दलका नेताले प्रधानमन्त्री बालेन शाहसँगको भेटमा रास्वपाको महाधिवेशनको प्रसङ्ग पनि...

धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...