संचार राज्यमन्त्री बास्कोटाले पत्रकार महासंघको सदस्यता त्याग गरेको घोषणा गरे



सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफु नेपाल पत्रकार महासंघको सदस्य रहेको र उक्त सदस्यता आजकै मिति बाट लागु हुने गरी त्यागेको घोषणा गर्नु भएको छ। महासंघको प्रदेशका नव निर्वाचित कार्य समितिलाई बधाई सहित शुभकामना दिन आयोजित कार्यक्रममा मंत्री बास्कोटाले सो घोषणा गर्नु भएको हो।

सञ्चार राज्यमन्त्री बाँस्कोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकारप्राप्तिको आन्दोलनमा प्रेस जगतले निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । सन्देशमा उहाँले संविधानप्रदत्त प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, सूचना तथा सञ्चारको हकलगायत सूचना र सञ्चारसम्बन्धी मौलिक हकको कार्यान्वयनमा वर्तमान सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

राज्यमन्त्री बाँस्कोटाले संविधानमा व्यवस्था गरिएअनुसार मुलुक तीनै तहको निर्वाचन सम्पन्न गरेर राजनीतिक स्थायित्वको बाटोमा अघि बढेको र संविधानले परिकल्पना गरेको समाजवादउन्मुख दिशामा मुलुकलाई अगाडि बढाउन देशले आर्थिक विकास र समृद्धि हाँसिल गर्नैपर्ने भएकाले यसमा आमसञ्चार र प्रेस जगत्को सहकार्य महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

उहाँले प्रेस जगत्ले सत्य र विश्वसनीय सूचना प्रवाहद्वारा राष्ट्रिय मुद्दामा सकारात्मक जनमत निर्माण गरी मुलुकको आर्थिक, राजनीतिक र सामाजिक रुपान्तरणमा योगदान गर्न सक्ने बताउँदै यस अवसरमा जिम्मेवार र मर्यादित पत्रकारितामार्फत मुलुक र जनताको हितमा सरकारलाई सही दिशामा अघि बढ्न निरन्तर सुझाव र सहयोग प्रदान गर्न प्रेस जगत्लाई आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्