नेपाल छिरेर रक्सी खाएर बबाल गर्ने भारतीयलाई छुटाउन जनप्रतिनिधिद्वारा प्रहरी चौकीमा आक्रमण



पर्सामा आज (सोमबार) बिहान गाउँपालिका उपाध्यक्ष नेतृत्वको समूह र प्रहरीबीच झडप हुँदा प्रहरी नायब निरीक्षकसहित पाँच प्रहरी घाइते भएका छन्।जिल्लाको जिरा भवानीपुर गाउँपलिका–१, चिनीमिलचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले गोलीसमेत चलाएको छ।

रक्सी खाएर एउटै मोटरसाईकलमा चढेका चार भारतीय नागरिक र मोबाइल चोरीमा संलग्न दुई जनालाई छुटाउन स्थानीय बासिन्दाको समूह लिएर जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष उषा चौधरी सोमबार बिहान इलाका प्रहरी कार्यालय सेढवा पुगेकी थिइन्। त्यस क्रममा स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो।

झडपमा परी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक राजेश चौधरी, प्रहरी सहायक निरीक्षक गोपाल खड्का, इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी सहायक निरीक्षक सुकेश्वर महतो, पाडेपुर प्रहरी चौकीका प्रहरी हवल्दार आलोक बैठा र प्रहरी चौकी सुवर्णपुरका प्रहरी जवान जयप्रकाश यादव घाइते भएको प्रहरीले जनाएको छ। प्रहरी जवान यादवको अवस्था गम्भीर रहेको बताइएको छ ।

भारतको बेतिया जिल्ला भंगहा थानाअन्तर्गत पर्ने शिशवा निवासी बजरंगी गौरो, रामप्रवेश गौरो, विष्णुभर गौरो, दिनदयाल महतोलाई चेकजाँचका क्रममा मापसे गरेको र भारतीय नम्बर प्लेटको मोटरसाइकलमा चार जना चढेको फेला पारेपछि आइतबार राति नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सेढवामा राखिएको थियो । साथै प्रहरीले मोबाइल चोरीमा संलग्न आरोपमा पक्राउ परेका सुपा लामा र दिनेश लामालाई पनि नियन्त्रणमा लिएको थियो।

पक्राउ परेकाहरूलाई छुटाउन पुगेका स्थानीय बासिन्दा र प्रहरीबीच निक्कै बेर विवाद भयो । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालयको प्रतीक्षालय तोडफोड गर्दै प्रहरीको मोटरसाइकलमा आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २७ राउण्ड हवाइफायर गरेको थियो।

साथै प्रहरीले २३ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको बताइएको छ। आक्रोशित स्थानीय बासिन्दाले प्रहरीको बा २ ब ५७०५ नम्बरको मोटरसाइकल र पाडेपुरको ना १४ प ४५७७ नम्बर मोटरसाइकल जलाइदिएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको गाडीसमेत स्थानीय बासिन्दाले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
बैंकिङ प्रणालीबाट ६० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको

जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि

टिकटक बनाउन खोज्दा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

    खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

जनकपुरले जित्यो एनपीएलको उपाधि

    जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को