रामदेव बाबा घुँडाको अप्रेशन गर्न लण्डन जाने समाचार आए पछी भयो यस्तो हंगामा,यसो भने रामदेवले



हाम्रो इकोनोमि

योग गुरु बाबा रामदेवको घुँडाको समस्या देखिएको र त्यसको शल्यक्रियाका लागि उनी बेलायत जान लागेको भन्ने कुरा हल्ला मात्रै रहेको पतञ्जली योगपीठले जनाएको छ ।

रामदेव स्वस्थ रहेको र उनी शल्यक्रियाका लागि बेलायत जान लागेको भन्ने झुठ रहेको योगपीठले दाबी गरेको छ । तर भारतीय सञ्चार माध्यमले भने बाबा रामदेव घुँडाको शल्यक्रियाका लागि नै बेलायत जान लागेको स्रोतलाई उद्धृत गर्दै बताएका थिए ।

प्रायः सबै रोगको उपचार वा निदान योग या आयुर्वेदबाट सम्भव रहेको बताउने गरेका बाबा रामदेव नै आफ्नो घुँडाको शल्यक्रियाका लागि बेलायत जान लागेको भन्ने कुरा बाहिर आएपछि सामाजिक सञ्जालमा विरोध भएको थियो ।

त्यसपछि पतञ्जली योगपीठले बाबा रामदेव शल्यक्रियाका लण्डन नगएको र शनिबारसम्म हरिद्वारमा योग शिविरमा व्यस्त रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...