प्रधानमन्त्री ओलीले मेयर शाक्यलाई मोदीको भब्य सम्मान गर्न भन्दै यस्तो उर्दी जारी गरे,यस्तो हुदैछ सम्मान



यही वैशाख २८ गतेदेखि हुन गइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने तेस्रो नेपाल भ्रमणको औपचारिक जानकारी गृह मन्त्रालयले गराएको पर्सिपल्ट मात्रै परराष्ट्र मन्त्रालयले भ्रमण तालिका सार्वजनिक गरेको छ । औपचारिक जानकारी गृह मन्त्रालयले दिनु र भ्रमण तालिका ढिलो गरी सार्वजनिक हुनुलाई रहस्यमय मानिएको छ ।

मोदी विहारको राजधानी पटना हुँदै जनकपुर हेलिकप्टरमा आउने कार्यक्रम तय भएपछि गृह मन्त्रालयले भ्रमणबारे जानकारी गराएको हो । कुनै पनि विदेशी अतिविशिष्ठ अतिथिको आगमन प्रदेश राजधानी हुँदै भएको यो पहिलो घटना हुनेछ ।

मोदीको आगमन हुने भएपछि यतिबेला जनकपुरको सफाइ भव्य रूपमा गरिएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारका पालामा मोदीको जनकपुर भ्रमण रद्द गरिनु, सर्लाहीका राजेन्द्र महतोलाई ओलीको सहयोगमा जनकपुरबाट चुनाव जिताइनु, भारतीय प्रधानमन्त्री मोदी सर्वप्रथम जनकपुरमै आउनु र महतो झाडु लिएर सडकमा निक्लनुलाई संयोग मात्रै मानिएको छैन ।

दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारी रामजानकीको मन्दिर दर्शन गर्न  जनकपुर जाँदा मधेसी दलका कार्यकर्ताले कालो झण्डा मात्रै देखाएनन्, जानकी मन्दिर अपवित्र भयो भन्दै स्वस्ति शान्तिसमेत गरेका थिए ।

त्यही पार्टीका नेता यतिबेला मोदीको स्वागतका लागि झाडु लिएर सडकमा निस्कनुलाई संयोग मात्रै मानिएको छैन । नाकाबन्दीमार्फत आन्दोलनलाई सहयोग गरिदिएबापत भारतीय प्रधानमन्त्री मोदीको भव्य स्वागतका लागि मधेसी दलका कार्यकर्ता तथा एमालेका कार्यकर्ताहरू जुटिरहेका छन् । जनकपुरमा गरिने नागरिक अभिनन्दनमा प्रधानमन्त्री खड्गप्रसाद ओली पनि सहभागी हुने भएका छन् ।

मोदीको अभिनन्दन काठमाडौं महानगरपालिकाले पनि गर्दैछ । तर  नाकाबन्दीको घाउ नबिर्सिएका काठमाडौंका जनता मोदीको अभिनन्दनमा कति सहभागी हुन्छन् ? अझै अनुमान गर्न सकिएको छैन ।

काठमाडौंको अभिनन्दनभन्दा जनकपुरको अभिनन्दन भव्य बनाएर मोदीलाई देखाइदिने अभियानमा मधेसी दलहरू सक्रिए भएका छन् । यसको संकेत प्रधानमन्त्री ओलीले पाएका छन् ।

उनले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई बोलाएरै जनकपुरमा भन्दा धेरै मान्छे जम्मा गर्न निर्देशन दिएका छन् । त्यसो त भारतीय दूतावासको संयन्त्रले समेत काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट चुनाव जितेका प्रतिनिधिहरूलाई एक्ला एक्लै भेटेर मोदीको अभिनन्दनका लागि सकेसम्म धेरै मान्छे जुटाउन आग्रह गरेको समाचार स्रोतले जनाएको छ ।

स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी कोसी बाँधका सन्दर्भमा राष्ट्रिय सहमतिबाटै निर्णय होस् भन्ने अभियानमा छन् । नेपाली कांग्रेसबाट  २००९ सालमै निष्कासित भएका मातृकाप्रसाद कोइराला प्रधानमन्त्री बनेको बेलामा २०११ सालमा कोसी सम्झौता भएको हो ।

५० वर्ष आयु लक्षित गरी निर्माण भएको कोसी बाँधको आयु सन् २०१२ अर्थात् २०६८ सालमा समाप्त भएको हो । बाँध जीर्ण भइसकेको छ भने बाँधभन्दा माथि बालुवा जम्मा भएर आसपासको जमिनको सतहभन्दा नदीको सतह पाँच फिट माथि पुगेको छ ।

जसका कारण कुनै पनि बेला बाढीले सर्वस्व बनाउने खतरा उत्पन्न भएको छ । बाँध मर्मत गर्नभन्दा नयाँ बनाउन लागत सस्तो पर्ने अवस्था देखिएपछि भारतले चतरामा २९६ मिटर अग्लो बाँध निर्माण गर्ने प्रस्ताव अघि सारेको छ, तरुणमा उल्लेख छ ।

यसका लागि ओलीले भारत भ्रमणका क्रममा सहमति जनाइसकेको बुझिएको छ । तर नेपाली कांग्रेस विपक्षमा उत्रियो भने ओलीलाई सजिलो हुने छैन । नेपाली कांग्रेसले कोसी बेच्यो भन्ने नारा बिक्री गरेरै एमाले यो हैसियतमा आएको पार्टी हो । जबकि कोसी सम्झौतासँग नेपाली कांग्रेसको गोरु बेचेको साइनो पनि छैन ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ