जागिर लगाइदिने भन्दै जबरजस्ती क्रिश्चियन बनाउन खोज्ने तीन महिला खोरमा कोचिए



हाम्रो इकोनोमि

एनजिओमा जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन्।

कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको हो।

चितवनकी लक्ष्मी भट्टराईको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐनअनुसार कारबाही अघि बढाइएको परिसरका डिएसपी मोहन थापाले बताए।

गत बैसाख १५ गते सीतापाइलास्थित चर्चमा लगेर पीडित भट्टराईलाई बइबल पाठ सुनाउँदै धर्म परिवर्तन गर्न लगाइएको थियो। धर्म परिवर्तन गरेमात्र जागिर लगाइदिने आश्वासन दिइएको थियो।उनले धर्म परिवर्तन गर्न नमानी प्रहरीमा जाहेरी दिएकी हुन्।

पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको डिएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...