जागिर लगाइदिने भन्दै जबरजस्ती क्रिश्चियन बनाउन खोज्ने तीन महिला खोरमा कोचिए



हाम्रो इकोनोमि

एनजिओमा जागिर लगाइदिने भन्दै जबरजस्ती धर्मप्रचार गर्न खोज्ने तीन महिला काठमाडौंमा पक्राउ परेका छन्।

कास्की घर भई सीतापाइला बस्ने ४१ वर्षीया सुमित्रा गौली, कलंकीकी ३६ वर्षीया राधिका महर्जन र चितवनकी फूलदेवी भट्टराईलाई महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पक्राउ गरेको हो।

चितवनकी लक्ष्मी भट्टराईको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरी मुलुकी ऐनअनुसार कारबाही अघि बढाइएको परिसरका डिएसपी मोहन थापाले बताए।

गत बैसाख १५ गते सीतापाइलास्थित चर्चमा लगेर पीडित भट्टराईलाई बइबल पाठ सुनाउँदै धर्म परिवर्तन गर्न लगाइएको थियो। धर्म परिवर्तन गरेमात्र जागिर लगाइदिने आश्वासन दिइएको थियो।उनले धर्म परिवर्तन गर्न नमानी प्रहरीमा जाहेरी दिएकी हुन्।

पक्राउ परेकालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको डिएसपी थापाले बताए।

प्रतिक्रिया दिनुहोस
म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने...

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...