ओली सरकारलाई बजेटको चटारो,सातै प्रदेशका अर्थ मन्त्री संग छलफल गर्दै युवराज खतिवडा



हाम्रो इकोनोमि

सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीसँग संघीय सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबारल छलफल गर्दैछन् ।

नयाँ आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले त्यसकै पेरिफेरिमा रहेर सातै प्रदेशका अर्थमन्त्रीहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रदेश अर्थमन्त्रीहरुले छलफलमा संघीय सरकारका अर्थमन्त्री डा. खतिवडासँग केन्द्रले प्रदेश सरकारलाई दिने बजेटको सिलिङ बढाउन आग्रह गर्ने तयारी छ ।

नयाँ आर्थिक वर्षको बजेटको तयारीमा रहेका अर्थमन्त्री डा. खतिवडाले हरेक प्रदेशले केन्द्रबाट १५ अर्ब रुपैयाँ पाउने व्यवस्था गर्ने प्रस्ताव गरेका छन् ।

तर सबैजसो प्रदेशका मुख्यमन्त्री र प्रदेश अर्थमन्त्रीले भने डा. खतिवडाले प्रस्ताव गरेको बजेट निकै कम भएको र त्यसले जनताले अपेक्षा गरे अनुसारको विकास सम्भव नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...