‘चियापनि जाँड, खानापनि जाँड, ब्रेकफाष्ट पनि जाँड जम्मै जाँड हुन्छ’ भन्दै गृहमन्त्रीले सुनाए यसरी जड्याहा फाँड्ने कुरा



गृहमन्त्री रामबहादुर थापाले संस्कृतिका नाममा कतिपय जनजाति समुदायका मानिसहरु विहानदेखि बेलुकीसम्म जाँड खाएर बस्ने गरेकोमा त्यो बानी अन्य समुदायमा पनि सरेको बताएका छन्।

लागू औषध र मदिरा विरुद्ध अभियान सञ्चालनको योजनामा रहेका गृहमन्त्री थापाले आइतबार गृहमन्त्रालयमा महिला नेतृहरुसँग मदिरा प्रयोग कसरी विस्तार हुँदैछ भन्ने सुनाउने उपरोक्त कुरा बताएका हुन्।

‘चियापनि जाँड, खानापनि जाँड, ब्रेकफाष्ट पनि जाँड लञ्च डिनर ब्रेकफाष्ट जम्मै जाँड हुन्छ’आइतबार विभिन्न पार्टीसम्बद्ध महिला नेतृहरुसँग अन्तरक्रिया गर्दै थापाले भने, ‘यस्तो पनि छ हाम्रो समाजमा, जनजातिहरुमा। अब त सबै जनजाति (जस्तै) भए।’

समाजमा फैलिएको मदिरा संस्कृतिविरुद्ध जनजागरण कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै गृहमन्त्री थापाले कार्ययोजना अन्तर्गत गोष्टी, छलफल, र्‍याली, कार्यशालाहरु सञ्चालन गर्नुपर्ने बताए।

कानून उल्लंघन गरेका जाँड पसल र भट्टी पसलहरु सिज (कब्जा) गर्नुपर्ने बताएका उनले जँड्याहरुलाई समातेर आत्मालोचना गराउनुपर्नेमा जोड दिए। र, यसमा महिला बर्गले भूमिका खेल्नुपर्ने बताए।

सुनको कारोबारमा जस्तै लागू औषधका कारोबारीहरुले पनि संगठित नेक्सस बनाएको बताउँदै अहिल्यैदेखि सतर्क नहुने हो भने लागू औषध प्रयोगकर्ताहरुको संख्या नेपालमापनि बढ्दै जाने दावी उनले गरे।

ल्याटिन अमेरिकाका कतिपय देशमा लागू औषध कारोबारीहरुले कारोबारका लागि संगठन नै बनाएका र उनीहरुसँग फौज, हेलिकोप्टर समेत रहेको उनले सुनाए। ती मुलुकमा राज्यले यस्ता कारोबारी विरुद्ध युद्ध नै सञ्चालन गरेको बताए।

एकाध लाखमात्र लागू औषध प्रयोेगकर्ता नेपालमा रहेपनि नेपाल लागू औषधको ट्रान्जिट बनिसकेको उनले सुनाए। भने, ‘लागू औषध र मदिराले भ्रष्टाचारीलाई प्रश्रय दिएको छ। यसलाई नियन्त्रण गर्न हामी ६ महिने कार्यक्रम बनाउँदैछौं।’

लागू औषधको कारोबार गर्नेहरु अपराधी, राष्ट्रघाती भएको बताउँदै उनीहरुको भण्डाफोर गर्नुपर्नेपनि गृहमन्त्री थापाले बताए।
महिला नेतृहरुसँगको अन्तरक्रिया कार्यक्रममा सुरक्षा निकायका प्रमुखहरु पनि सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
सिंहदरबारमा प्रचण्ड, माधव र राजेन्द्र श्रेष्ठ भेट

  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार

तेल बेचेर नाफा कमायौं भन्दै निगम रमाउने दिन धेरै छैन : मन्त्री भण्डारी

    उदोग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगम लिमिटेड तेल

प्रेस चौतारीको महाधिवेशन उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने

    नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको फागुन २५-२७ गतेसम्म विराटनगरमा

अमेरिकाको भर्जिनियामा पोखरीमा कार डुब्दा २ नेपालीको मृत्यु

    अमेरिकाको भर्जिनियास्थित स्यान्टिली शहरमा भएको कार दुर्घटनामा दुई जना नेपालीको मृत्यु