सरकार संग लुग-लुग काम्दै यातायात ब्यबसायीले गरे लत्रिएर यस्तो सहमति



हाम्रो इकोनोमि

यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच सहमति भएको छ। आइतबार बेलुका भएको वार्तामा सहमति भएको हो।

सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। स्रोतका अनुसार सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने आश्वासन दिएको छ। समिति अन्तर्गत रहेका व्यवसायीहरु कम्पनीमा जान तयार भएका छन्।

यातायात समितिहरुको रोक्का राखिएको बैंक फुकुवा हुने भएको छ। दिउँसो १ बजे मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराउन लागिएको छ।

गत शुक्रबार यातायात व्यवसायीहरुले देशभर गाडी ग्यारेजमा थन्क्याएर हडताल गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला लगायत पदाधिकारी काठमाडौंमा पक्राउ परेपछि आन्दोलनरत व्यवसायीहरु शिथिल बनेका थिए। यातायात समितिहरु खारेज गर्ने तथा देशभरि रुट परमिट खुला गर्ने निर्णयविरुद्ध उनीहरुले आन्दोलन गरेका थिए।

सरकारले यातायात समिति खारेज गरी अनिवार्य रुपमा कम्पनीमार्फत यातायात चलाउनुपर्ने निर्णय गरेपछि समितिअन्तर्गत रहेर याताया सिन्डिकेट चलाइरहेका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...