सरकार संग लुग-लुग काम्दै यातायात ब्यबसायीले गरे लत्रिएर यस्तो सहमति



हाम्रो इकोनोमि

यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच सहमति भएको छ। आइतबार बेलुका भएको वार्तामा सहमति भएको हो।

सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। स्रोतका अनुसार सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने आश्वासन दिएको छ। समिति अन्तर्गत रहेका व्यवसायीहरु कम्पनीमा जान तयार भएका छन्।

यातायात समितिहरुको रोक्का राखिएको बैंक फुकुवा हुने भएको छ। दिउँसो १ बजे मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराउन लागिएको छ।

गत शुक्रबार यातायात व्यवसायीहरुले देशभर गाडी ग्यारेजमा थन्क्याएर हडताल गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला लगायत पदाधिकारी काठमाडौंमा पक्राउ परेपछि आन्दोलनरत व्यवसायीहरु शिथिल बनेका थिए। यातायात समितिहरु खारेज गर्ने तथा देशभरि रुट परमिट खुला गर्ने निर्णयविरुद्ध उनीहरुले आन्दोलन गरेका थिए।

सरकारले यातायात समिति खारेज गरी अनिवार्य रुपमा कम्पनीमार्फत यातायात चलाउनुपर्ने निर्णय गरेपछि समितिअन्तर्गत रहेर याताया सिन्डिकेट चलाइरहेका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...