प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिए यस्तो डोज-‘धेरै नकराऊ,‘थ्रोट’ क्यान्सर होला’ बकबक नगर ५ वर्षमा चुनाब हुन्छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसलाई सरकारका राम्रा कामको विरोध नगर्न सुझाव दिएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा ओली विपक्षीसँग सहिष्णु व्यवाहार गर्ने सरकारको नीति भएकाले राम्रा कामको समर्थन गर्न आग्रह गरेका हुन्। सरकारले राम्रा काम गर्दा पनि विपक्षीबाट अनाआवश्यक आलोचना भइरहेको गुनासो पोखे।

बैठकमा ओलीले भने, ‘विपक्षीलाई साथै लिएर सहिष्णुताका साथ अघि बढ्ने सरकारको नीति छ। राम्रो काम गर्दा पनि कराउँदा ‘थ्रोट प्रोबलम’ (खाँटीको समस्या) मात्र होला। जति कराए पनि चुनाव ५ वर्षपछि मात्र आउँछ।’

कांग्रेस नेता शेखर कोइरालाले केही दिनअघि ‘फु’ गरेर सरकार ढाल्छु भएको प्रसंगतर्फ संकेत गर्दै ओलीले काकाले भनेको कुरा भतिजले सिकेको भन्दै व्यंग गरे। शेखरका काका गिरिजाप्रसाद कोइरालाले कुनै बेला सरकारलाई ‘फु’ गरेर ढालिदिने चेतावनी दिएका थिए।

ओलीले कसैले ‘फु’ गरेर ढाल्ने अवस्थामा सरकार नरहेको बताए। ओलीले भने, ‘सरकार ‘फु’ गरेर ढल्ने अवस्थामा छैन। सरकार दरो छ। जनताको बलियो समर्थन छ। जनता र विकासप्रति प्रतिबद्ध पनि छ।’

प्रधानमन्त्री ओलीले देशमा भएका जुनसुकै प्रकारको सिण्डिकेट अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। सिण्डिकेट अन्त्यको थालनी यातायात क्षेत्रबाट सुरु भएकाले अरु क्षेत्रमा पनि कडाइका साथ लागू गरिने बताए।

संसदीय दलका नेता ओलीले सांसदहरुलाई मर्यादा पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। ‘तपाईंहरु नियम पूर्वक, रचनात्मक र गरिमामय ढंगले आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस
कार्की आयोगले बुझायो जेनजी आन्दोलनको प्रतिवेदन

    गत भदौमा भएको नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी...

ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...