प्रधानमन्त्री ओलीले कांग्रेसलाई दिए यस्तो डोज-‘धेरै नकराऊ,‘थ्रोट’ क्यान्सर होला’ बकबक नगर ५ वर्षमा चुनाब हुन्छ



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले कांग्रेसलाई सरकारका राम्रा कामको विरोध नगर्न सुझाव दिएका छन्।

आइतबार संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकमा ओली विपक्षीसँग सहिष्णु व्यवाहार गर्ने सरकारको नीति भएकाले राम्रा कामको समर्थन गर्न आग्रह गरेका हुन्। सरकारले राम्रा काम गर्दा पनि विपक्षीबाट अनाआवश्यक आलोचना भइरहेको गुनासो पोखे।

बैठकमा ओलीले भने, ‘विपक्षीलाई साथै लिएर सहिष्णुताका साथ अघि बढ्ने सरकारको नीति छ। राम्रो काम गर्दा पनि कराउँदा ‘थ्रोट प्रोबलम’ (खाँटीको समस्या) मात्र होला। जति कराए पनि चुनाव ५ वर्षपछि मात्र आउँछ।’

कांग्रेस नेता शेखर कोइरालाले केही दिनअघि ‘फु’ गरेर सरकार ढाल्छु भएको प्रसंगतर्फ संकेत गर्दै ओलीले काकाले भनेको कुरा भतिजले सिकेको भन्दै व्यंग गरे। शेखरका काका गिरिजाप्रसाद कोइरालाले कुनै बेला सरकारलाई ‘फु’ गरेर ढालिदिने चेतावनी दिएका थिए।

ओलीले कसैले ‘फु’ गरेर ढाल्ने अवस्थामा सरकार नरहेको बताए। ओलीले भने, ‘सरकार ‘फु’ गरेर ढल्ने अवस्थामा छैन। सरकार दरो छ। जनताको बलियो समर्थन छ। जनता र विकासप्रति प्रतिबद्ध पनि छ।’

प्रधानमन्त्री ओलीले देशमा भएका जुनसुकै प्रकारको सिण्डिकेट अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। सिण्डिकेट अन्त्यको थालनी यातायात क्षेत्रबाट सुरु भएकाले अरु क्षेत्रमा पनि कडाइका साथ लागू गरिने बताए।

संसदीय दलका नेता ओलीले सांसदहरुलाई मर्यादा पूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिए। ‘तपाईंहरु नियम पूर्वक, रचनात्मक र गरिमामय ढंगले आफ्नो जिम्मेवारी पूरा गर्नुहोस्,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच पूर्वमन्त्रीलाई मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दा...

महाधिवेशनको उद्घाटनमा सहभागी हुन पार्टीका सदस्यको घरघरमा पत्र

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही मङ्सिर २७ गतेदेखि सुरू हुने...

प्रतिनिधिसभाको उम्मेदवारका लागि रास्वपाले २५ हजार लिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा...