गृहमन्त्री बादलले चोर औलो तेर्साएर भने-अब ट्रक व्यवसायको सिन्डिकेट तोड्छु



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोडिने बताएका छन्।

यातायातका हरेक क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने अभियानमा आफूहरु अगाडि बढेको उनको भनाइ छ।

आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुवात मात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सिन्डिकेट पनि तोड्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौं कि भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनौं र फर्कने छुट पनि छैन।’

छलफलमा मञ्चका पदाधिकारीहरुले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।

भेटमा मञ्चका पदाधिकारीहरुले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आए पनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद र बधाई समेत दिए।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...