गृहमन्त्री बादलले चोर औलो तेर्साएर भने-अब ट्रक व्यवसायको सिन्डिकेट तोड्छु



हाम्रो इकोनोमि

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले अब ट्रक व्यवसायमा रहेको एकाधिकार पनि तोडिने बताएका छन्।

यातायातका हरेक क्षेत्रमा रहेको सिन्डिकेट तोड्ने अभियानमा आफूहरु अगाडि बढेको उनको भनाइ छ।

आइतबार गृह मन्त्रालयमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँको नेतृत्वमा आएको प्रतिनिधिमण्डसँगको भेटमा गृहमन्त्री थापाले यातायात क्षेत्रको एकाधिकारको अन्त्य सुरुवात मात्रै भएको बताउँदै अब अन्य क्षेत्रका सिन्डिकेट पनि तोड्ने प्रतिबद्धता व्यक्त गरे।

उनले भने, ‘केहीलाई कारबाही प्रक्रियाबाट हामी पछाडि हट्छौं कि भन्ने लाग्न सक्छ, अब हामी फर्कदैनौं र फर्कने छुट पनि छैन।’

छलफलमा मञ्चका पदाधिकारीहरुले ट्रक, पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर, शिक्षा, स्वास्थ्य, बैंक लगायत धेरै क्षेत्रमा एकाधिकार रहेको भन्दै चरणबद्ध रुपमा त्यसलाई तोड्न गृहमन्त्रीसँग आग्रह गरेका थिए।

भेटमा मञ्चका पदाधिकारीहरुले एकाधिकार अन्त्यका लागि आफूहरुले २०६० सालदेखि आवाज उठाउँदै आए पनि पहिलो पटक संस्थागत रुपमै त्यो तोड्ने काम गरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद र बधाई समेत दिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...