आन्दोलन नगर्ने कागज गरेर सिन्डिकेटको माग गर्ने महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे



हाम्रो इकोनोमि

 सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन अन्ततः असफल भएको छ। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्।

अबदेखि यातायातमा हडताल नगर्ने कागज गराएर उनीहरुलाई छाड्न लागिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माका अनुसार पक्राउ परेका अध्यक्ष कर्माचार्यसहितका पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्।

‘उहाँहरुले अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने बताउनुभएको छ, हामी लिखित कागज गरेर उहाँहरुलाई छाड्नेछौं’, प्रमुख जिल्ला अधिकारी शर्माले  भने। पक्राउ परेका व्यवसायीहरुसँग महानगरीय प्रहरी परिसर टेकुमा छलफल भइरहेको छ।

शुक्रबार यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा हुन तयार भएपछि देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन्। केही व्यवसायी शनिबार नै छुटिसकेका छन्।

समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...