आन्दोलन नगर्ने कागज गरेर सिन्डिकेटको माग गर्ने महासंघका अध्यक्षसहितका पदाधिकारी छुटे



हाम्रो इकोनोमि

 सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रेका यातायात व्यवसायीहरुको आन्दोलन अन्ततः असफल भएको छ। नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य लगायत पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्।

अबदेखि यातायातमा हडताल नगर्ने कागज गराएर उनीहरुलाई छाड्न लागिएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारप्रसाद शर्माका अनुसार पक्राउ परेका अध्यक्ष कर्माचार्यसहितका पदाधिकारीहरु अबदेखि हडताल नगर्ने कागज गर्न तयार भएका छन्।

‘उहाँहरुले अबदेखि सेवा रोकेर आन्दोलन नगर्ने बताउनुभएको छ, हामी लिखित कागज गरेर उहाँहरुलाई छाड्नेछौं’, प्रमुख जिल्ला अधिकारी शर्माले  भने। पक्राउ परेका व्यवसायीहरुसँग महानगरीय प्रहरी परिसर टेकुमा छलफल भइरहेको छ।

शुक्रबार यातायात व्यवसायीहरु देशभर गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो। अध्यक्ष कर्माचार्य, महासचिव सरोज सिटौला लगायत अधिकारी काठमाडौंमा पक्राउ परेका थिए।

पक्राउ परेका अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरु नै कागज गरेर रिहा हुन तयार भएपछि देशभरबाट पक्राउ परेका अन्य व्यवसायी पनि कागज गरेर छुट्दै छन्। केही व्यवसायी शनिबार नै छुटिसकेका छन्।

समितिहरु खारेज गर्ने तथा देशभर रुट परमिट खुला गरेको विरोधमा व्यवसायीहरु आन्दोलनमा उत्रेका थिए। २७ गतेदेखि गाडी अनिश्चितकालीन रुपमा थन्क्याउने योजनामा रहेका व्यवसायी विरुद्ध सरकार आक्रामक बनेपछि उनीहरु निरीह बनेका हुन्।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...