बाढीले बगाउँदा एकै परिवारका चारसहित पाँचको ज्यान गयो



हाम्रो इकोनोमि

बझाङमा असिना पानीसँगै आएको बाढीले बगाउँदा एक परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ।

बझाङको थलारा गाँउपालिका(४ डिक्लागाडमा खहरे खोलाको बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मृत्यु हुनेमा थलारा गाँपालिका(४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५ वर्षीया कलसी विक रहेका छन्। बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका उनीहरुको शनिबार राति आएको बाढीमा परेर मृत्यु भएको हो।

रातिको समयमा घटना भएको र प्रहरीले बिहान मात्र थाहा पाएको जनाएको छ। स्थानीय ढोढेखेत बजारबाट घर फर्कने क्रममा घर नजिकैको खहरे खोलामा आएको बाढी तर्ने क्रममा उनीहरुलाई बगाएको हो।
एकै परिवारका ४ सहित पाँच जनाको मृत्यु भएपछि अहिले संगो गाउँ नै शोकमा डुबेको छ।

यसअघि बैशाख १९ गते आएको असिना र पानीले ठूलो धनजनको क्षति भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...