बाढीले बगाउँदा एकै परिवारका चारसहित पाँचको ज्यान गयो



हाम्रो इकोनोमि

बझाङमा असिना पानीसँगै आएको बाढीले बगाउँदा एक परिवारका चार सहित पाँच जनाको मृत्यु भएको छ।

बझाङको थलारा गाँउपालिका(४ डिक्लागाडमा खहरे खोलाको बाढीले बगाउँदा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
मृत्यु हुनेमा थलारा गाँपालिका(४ का २७ वर्षीय हर्क बिक, उनकी श्रीमती २६ वर्षीया डल्ली भनिने देवकीदेबी विक, छोरी १२ वर्षीया मनिषा विक, छोरा ३ वर्षीय सक्षम विक र उनीहरुकी आफन्त पर्ने ३५ वर्षीया कलसी विक रहेका छन्। बझाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलका उनीहरुको शनिबार राति आएको बाढीमा परेर मृत्यु भएको हो।

रातिको समयमा घटना भएको र प्रहरीले बिहान मात्र थाहा पाएको जनाएको छ। स्थानीय ढोढेखेत बजारबाट घर फर्कने क्रममा घर नजिकैको खहरे खोलामा आएको बाढी तर्ने क्रममा उनीहरुलाई बगाएको हो।
एकै परिवारका ४ सहित पाँच जनाको मृत्यु भएपछि अहिले संगो गाउँ नै शोकमा डुबेको छ।

यसअघि बैशाख १९ गते आएको असिना र पानीले ठूलो धनजनको क्षति भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...