३३ किलो सुन गायब पार्ने असइ सञ्‍जेलको बयान मोरङ जिल्ला अदालतमा सुरु



हाम्रो इकोनोमि

साढे तेत्तीस किलो सुन तथा सनम हत्या प्रकरण अन्तगत प्रहरी नायव निरीक्षक (असइ) बालकृष्ण सञ्जेलसहित पाँच जना अभियुक्तको बयान आइतबार मोरङ जिल्ला अदालतमा सुरु भएको छ।

यसअघि पहिलो चरणको ६ जनामध्ये बाकी रहेका टेकराज मल्ल ठकूरीको बयान कार्य आइतबार दिउँसो सकिएको अदालतका श्रेष्तेदार नवराज दुलालले जानकारी दिए। त्यसैगरि, आजैबाट थप ६ जनाको बयान कार्यपनि सुरु भएको उनले बताए।

उनीहरुको बयान जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलाशमा सुरु भएको हो। हाल प्रहरी नायब निरीक्षक सञ्जेल, राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ, सुन व्‍यापारी महावीर गोल्यान चाचाजी, राजेन्द्रकुमार शाक्य, लालबहादुर मगर, वीरेन्द्रमान श्रेष्ठ चन्दनको बयान लिने कार्य भइरहेको छ।

अदालतले यस प्रकरणमा पक्राउ परेका ३० जनालाई मंङ्लबारसम्ममा बयान लिने कार्य सक्ने लक्ष्य राखेको छ। त्यसपछि थुनछेक बहस सुरु हुनेछ। गत बिहीबारदेखि सुरु भएको बयानका क्रममा ६ जना अभियुक्तसंग बयान लिइसकेको अदालतले जनाएको छ।

गत शुक्रबार प्रहरी हवल्दार अमरबहादुर थापा मोरङ जिल्ला प्रहरी कार्यालयमा सम्पर्कमा आएपछि, हाल ३० जना प्रहरी हिरासतमा रहेकाछन्।ती सबैजनाविरुद्ध संगठित अपराध अन्तर्गतको अपराधिक समूह स्थापना तथा सञ्‍चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ।

प्रतिक्रिया दिनुहोस
धार्मिक अगुवासँग रविले गरे छलफल

    सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले...

कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...