स्वास्थ राज्यमन्त्री पद्मा अर्यालले यसरी पुछिन वीर अस्पतालको ट्वाइलेट



हाम्रो इकोनोमि

स्वास्थ्य क्षेत्रमा जनतालाई परिर्वतनको अनुभुति दिने प्रणका साथ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल वीर अस्पतालको सरसफाई अभियानमा जुटेकी छन्।
स्वास्थ्यमन्त्रालयमा सुर्ती र सुर्तीजन्य पदार्थ लैजान रोक लगाएकी राज्यमन्त्री अर्यालत आज वीर अस्पतालको शौचालय सरसफाईमा जुटेकी हुन्।

राज्यमन्त्री अर्यालसँगै कलाकार तथा अभियान्ता सिताराम कट्टेल पनि वीर अस्पतालको ट्वाइलेट सफा गर्न पुगेका छन्। उनीहरुले आफैले ब्रस समातेर शौचालयको सफाई गर्दै वीरअस्पताल सरसफाई अभियानको सुरुवात गरेका हुन्।

सरकारी अस्पतालमा फोहोर र दुर्गगन्ध धेरै हुने भनेर हुदै आएका टिप्पणीलाई गलत सावित गर्दै विरामीले अनुभुति गर्ने गरि सरसफाईको उत्कृष्ट नमुनाको रुपमा परिणत गरिने राज्यमन्त्री अर्यालले बताइन्।

मन्त्री अर्यालले यो अभियानसँगै सबै सरकारी अस्पतालमा चलाउने पनि बताइन्। वीर अस्पताल सरसफाईको जिम्मा अष्ट्रेलियाको खेम्स क्लिनिङले लिएको छ। यसले १५ दिन सम्म वीरअस्पतालको सरसफाई गर्नुको साथै सरसफाईको आधुनिक तरिका बारे कर्मचारीलाई तालिम पनि दिनेछ।

खेम्स क्लिनिङले स्वयंसेवी रुपमा अस्पतालको सफाई अभियान चलाउने अस्पतालले जनाएको छ। अष्ट्रेलियाबाट आएका खेम शर्माको नेतृत्वमा वीर अस्पतालको सरसफाई अभियान सुरु भएको हो।

प्रतिक्रिया दिनुहोस
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी

    प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङबाट नेकपा (एमाले)का उमेदवार क्षितिज थेबे विजयी भएका...

धनकुटाबाट एमालेका राजेन्द्र राई विजयी

    धनकुटामा राजेन्द्र राई तेस्रो पटक विजयी हुँदै  ह्याट्रिक गरेका छन् ।...

दार्चुलामा एमालेका गणेशसिंह ठगुन्ना विजयी

   प्रतिनिधिसभा सदस्यतर्फ एकमात्र निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेकपा (एमाले) का उम्मेदवार गणेशसिंह...

इलाम–२ बाट एमालेका सुहाङ निर्वाचित

    प्रतिनिधिसभा सदस्य निर्वाचनमा इलाम–२ बाट नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार...