संसद्को बजेट अधिवेशन आजदेखि सुरु,यस्ता चार अध्यादेश पेश हुने,१५ जेठमा बजेट



हाम्रो इकोनोमि

संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्ने छ।

संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्ने बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना रहेको संसद् सचिवालय श्रोतले जनाएको छ।

आजको वैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश पेस हुने संभावना छ।

राष्ट्रपति भण्डारीले दुई महिनाअघि ती अध्यादेश सिफारिस गरेकी थिइन्। चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसद्मा दर्ता भइसकेको छ। अरू दुई अध्यादेश आइतबार बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस गर्ने तयारी छ।

संघीय संसद्को पहिलो बैठक गएको फागुन २१ गतेदेखि एक महिना चलेर चैत २० गतेबाट अन्त्य भएको थियो। पहिलो बैठकमा प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० वटा बैठक बसेका थिए।

आगामी जेठ पहिलो सातासम्म नीति तथा कार्यक्रम प्रस्तुत हुने छ। त्यसपछि प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने कार्यसूची बैठकको छ। संघीय संसद्मा जेठ १५ मा बजेट प्रस्तुत हुने छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै वजेट ल्याउनु पर्ने वाध्यता सरकारलाई छ।

प्रतिक्रिया दिनुहोस
कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो

     सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६...