संसद्को बजेट अधिवेशन आजदेखि सुरु,यस्ता चार अध्यादेश पेश हुने,१५ जेठमा बजेट



संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ। संसद् भवन नयाँ बानेश्वरमा अपरान्ह ४ बजे प्रतिनिधिभा र राष्ट्रिय सभाको बैठक संयुक्त रुपमा बस्ने छ।

संविधानअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन्।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको आज बस्ने बैठकमा सरकारले राष्ट्रपतिद्वारा जारी ४ अध्यादेश र नियमावली मस्यौदा समितिको प्रतिवेदन पेस गर्ने सम्भावना रहेको संसद् सचिवालय श्रोतले जनाएको छ।

आजको वैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रिय सभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी अध्यादेश पेस हुने संभावना छ।

राष्ट्रपति भण्डारीले दुई महिनाअघि ती अध्यादेश सिफारिस गरेकी थिइन्। चिकित्सा शिक्षा र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश शुक्रबार नै संसद्मा दर्ता भइसकेको छ। अरू दुई अध्यादेश आइतबार बिहानै दर्ता गरेर अपराह्न दुवै सदनमा पेस गर्ने तयारी छ।

संघीय संसद्को पहिलो बैठक गएको फागुन २१ गतेदेखि एक महिना चलेर चैत २० गतेबाट अन्त्य भएको थियो। पहिलो बैठकमा प्रतिनिधिसभाका ११ र राष्ट्रिय सभाका १० वटा बैठक बसेका थिए।

आगामी जेठ पहिलो सातासम्म नीति तथा कार्यक्रम प्रस्तुत हुने छ। त्यसपछि प्रधानमन्त्रीबाट जवाफ दिने र पारित गर्ने कार्यसूची बैठकको छ। संघीय संसद्मा जेठ १५ मा बजेट प्रस्तुत हुने छ। संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै वजेट ल्याउनु पर्ने वाध्यता सरकारलाई छ।

प्रतिक्रिया दिनुहोस
बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या २०४ पुग्यो, २८ जना बेपत्ता

    बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या २०४ पुगेको छ । सशस्त्र प्रहरी बल

वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खायो

    भरतपुरको अकलादेवी सामुदायिक वनमा चराउन लगेको ८ वटा बाख्रा बाघले खाइदिएको

एन्फा एकेडेमीका खेलाडीको अन्त्येष्टि

    मकवानपुरको सिस्नेरी पहिरोमा ज्यान गुमाएका एन्फा एकेडेमीका २ जना किशोर खेलाडीको

माओवादीनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा लफडा

    नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीको सम्मेलनमा आज पनि लफडा भएको छ