जिपले ठक्कर दिदा मोटरसाइकल चालक ठहरै,चालकसँग भेटियो पेस्तोल



हाम्रो इकोनोमि

बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ठक्कर दिने जिप चालकको साथबाट पेस्तोल समेत बरामद भएपछि घटना रहस्यमय बनेको छ।

 गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडी सवार २९ बर्षीय अर्जुन बोहोरा घाइते भएका छन् । गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा राती साढे ११ बजे मृत्यु भएको थियो।
ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा लमजुङका सुमन थापा पक्राउ परेका छन्। थापा अपराधिक समूहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

प्रतिक्रिया दिनुहोस
कप्तानगञ्ज घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

     सुनसरीमा कप्तानगञ्जमा भएको घटनाको विरोधमा विराटनगरमा प्रदर्शन भएको छ । आइतबार...

महोत्तरीको सदरमुकाम जलेश्वर र गौशाला बजार पनि बन्द

     सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वर...

ड्रोन आक्रमणमा परी कुवेतमा एक नेपालीको मृत्यु

    कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु...

सरकारको सार्वजनिक ऋण २९ खर्ब ७४ अर्ब पुग्यो

     सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा  ४ खर्ब ४७ अर्ब १६...