जिपले ठक्कर दिदा मोटरसाइकल चालक ठहरै,चालकसँग भेटियो पेस्तोल



हाम्रो इकोनोमि

बसुन्धरामा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। ठक्कर दिने जिप चालकको साथबाट पेस्तोल समेत बरामद भएपछि घटना रहस्यमय बनेको छ।

 गएराती सवा ११ बजे बा ३ च १६५४ नम्बरको जिप र बा ४० प ५७ ७५ नम्बरको मोटरसाइकल आपसमा ठोकिंदा मोटरसाइकल चालक, स्याङजा पुतलीबजार ३ घर भई हाल काठमाडौं माछापोखरी बस्ने २६ बर्षीय सन्तोष नेपालीको मृत्यु भएको हो।

मोटरसाइकलमा पछाडी सवार २९ बर्षीय अर्जुन बोहोरा घाइते भएका छन् । गम्भिर घाइते भएका नेपालीको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा राती साढे ११ बजे मृत्यु भएको थियो।
ठक्कर दिने जिप चेकजाँच गर्ने क्रममा लमजुङका सुमन थापा पक्राउ परेका छन्। थापा अपराधिक समूहमा हुनसक्ने भएकाले थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहन थापाले बताए।

प्रतिक्रिया दिनुहोस
म अब चुनाव लड्दिनँ – अष्टलक्ष्मी शाक्य

  नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीभित्र चुनाव नलड्ने बताएकी छन् । भृकुटीमण्डपमा...

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु

  नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने...

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...