हाइड्रोजन र अक्सिजन मिलेर पानी बनेकै सुत्र जस्तै गरी पार्टी एकता हुने प्रचण्डले सुनाए यस्तो कुरा



हाम्रो इकोनोमि

पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी दुबै पार्टी विघटन भएर नयाँ कम्युनिस्ट पार्टी बन्ने बताएका छन् ।

उनले दुई पार्टी एकीकरण अहिले आवश्यकता समेत भएको दावी गरेका छन् ।

पार्टी एकता सम्मानजनक, समानतामा आधारित र न्यायोचित हुने दोहोरयाएका छन् । माक्र्सको द्वि–शतवार्षिकीमा पोखरामा शनिबार आयोजित कार्यक्रममा प्रचण्डले ‘कतिपयलाई लाग्न सक्छ एमाले एमाले नै रहने माओवादी माओवादी नै रहन्छ तर त्यसो होइन,’ उनले भने, ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्छ । हाम्रो एकता त्यस्तै हो ।’

उनले तत्कालिन नेकपा माक्र्सवादी र मालेबीचको पार्टी एकता उदाहरणीय भएको भन्दै एमाले माओवादी एकताका लागि कार्यदलका प्रतिवेदनहरु टुंग्याएर भाषा मात्रै परिमार्जन गर्न बाँकी रहेकोले केही दिनमै एकताको मिति घोषणा गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...

नारायणीको पुलमुनि अड्किएको क्रुज सिप हटाउने तयारी

    नारायणी नदीको पुल मुनि अड्किएको राइनो क्रुज सिप हटाउने तयारी आज...

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो

    ललितपुर महानगरपालिका धापाखेल-२४ मा साढे दुई तले घर ढलेको छ ।...